- ओशो
प्रेम इश्वरीय ब्यबस्था हो । जीवन र जगतको सृष्टिसँगै प्रेमको पनि उत्पति भएको हो । यो संसारमा जसले आफुलाई बाँधिएको अनुभब गर्छ त्यसले कहिल्यै कसैलाई प्रेम गर्न सक्दैन । प्रेमको जन्म स्वतन्त्रतामा हुन्छ, जहाँ कुनै बन्धन हुँदैन, जहाँ कुनै कानुन हुँदैन । प्रेम मनिसको त्यस्तो आत्मदान हो, जहाँ कुनै बाध्यता हुँदैन, बिबशता हुँदैन । प्रेमरहित जीवनले मनिसलाई बिकृतितर्फ, धर्महिन भावनातर्फ र हिंसातर्फ प्रेरित गर्छ । प्रेमरहित जीवन भन्दा कुरुप बस्तु अरु केही हुन सक्दैन । त्यही कुरुपता नै सबै खालका हिंसाको जड हो । प्रेम कुनै पनि ब्यक्तिले प्राप्त गर्ने तृप्तिको चरमबिन्दु हो । जब कुनै मनिसले प्रेम प्राप्त गर्न सक्दैन त्यसबेला त्यो मनिसको मन अतृप्ति, अधुरो र बेचैन हुन्छ । त्यसतो अतृप्ति मनिसले नै समाजमा दुराचार उत्पन्न गर्छ । उस्कालागी विवाह मात्र प्रेम हुन सक्दैन । विवाह भन्दा पर अतिरिक्त प्रेमको भौतरिने मनिस नै सबैखाले अपराधको प्रस्थान बिन्दु हुन्छ । जीवनमा प्रेम भएन भने मस्तिष्क रुग्ण हुन्छ, चिन्ता र तनाबले भरिन्छ । त्यो स्थिथिमा मनिसले आफुलाई बिर्सन चाहन्छ । मनिसले आफुलाई नै बिर्सनु पर्ने पेरिस्तिथी पागलपनको हद मानिन्छ । यस्ता हदहरुले नै समाजलाई संकेतिकरुपमा त्यस्तो अवस्थातर्फ डोर्र्याउछ, जुन अवस्थामा समाजका प्रचलित नियम र कानुनहरु खन्डित हुन थाल्छन अनी मनिस जीवन देखी नै भाग्न थालछ । यहाँनेर के कुरा भुझ्नु पर्छ भने हामी जुन ईश्वरको खोजिमा छौ त्यो ईश्वर जीवन देखी भागेर होइन जीवनमा प्रबेश गर्दा उत्पन्न हुन्छ । त्यसैले म भन्छु जीवनमा ईश्वरको सामिप्य प्राप्त गर्नु छ भने प्रेम गर, सबैसँग गर । प्रेमको कुनै मूल्य वा प्रतिदान नमाग । मेरो विचारमा जब एउटी महिला र एउटा पुरुष पारीपूर्ण प्रेमका आधारमा एक-अर्कामा एकाकार हुन्छन त्यसबेला प्राप्त हुने तृप्ति वा परिपूर्ण प्रेमको असर उनिहरुको शरीरमा होइन, आत्मामा देखा पर्छ । उनिहरु एउटा लयपूर्ण संगीतमा हराउँछन र एक्-अर्कामा बिलिन हुन्छन । त्यसबेला परमात्मा मात्र शेष रहन्छन । यस्तो अवस्थालाई कसैले पनि शब्दमा बर्णन गर्न सक्दैन, किनभने उनिहरु परमात्मामा उपलब्ध भएका हुन्छन । जब एउटी स्त्री र पुरुषले परीपूर्ण प्रेम मार्फत अलौकिक आनन्द प्राप्त गर्छन त्यसबेला उनिहरुको मिलन शाररिक मिलन नभएर एउटा आध्यात्मिक कृयाकलाप हुन पुग्छ, जसलाई हामी क्षणिक आनन्दको यौनसंसर्ग भन्दा माथि उठेर आध्यात्मिकरुपमा पारीभाषित गर्न पुग्छौ । यही अवस्थालाई म योगपूर्ण समाधिकारुपमा लिन्छु । यस्तो समाधी त्यति नै महत्वपूर्ण छ जती स्त्री / पुरुषको शाररिक मिलन । यो त्यतिनै पवित्र छ जती ईश्वर, किनभने आध्यात्मिक शान्ति प्राप्त हुने स्त्री / पुरुषको दैनिक मिलन पछी नै ईश्वरले नयाँ जीवनको सृस्टि गर्छ र जीवनलाई एउटा नयाँ गति र उर्जाको प्रदान गर्छ । यधपी, तथाकथित धार्मिक मान्यताले, सामाजिक संस्कारले, परिवारको अवधारणाले प्रेम र यौनलाई अपवित्र र घ्रिणित कृयाकलापकारुपमा परिभाषित गर्ने चेष्टा गरेको छ । यदी प्रेम र यौन अपवित्र र घ्रिणित हुन्थियो भने हाम्रो शाह्रा जीवन घ्रिणित र अपवित्र हुन्थियो । यदी यौन संसर्ग पाप हो भने हाम्रो शाह्रा जीवन पाप मानिन्थियो । जब जीवन नै सम्पूर्णरुपमा पाप हुन पुग्छ भने हाम्रा साह्रा उपलब्धी निष्पट्ट अन्धकारमा हराउँथे । त्यसैले म एउटै कुरो भन्न चाहन्छु- एउटा नयाँ मनिसको जन्मका लागि प्रेमको पवित्रता, यौनको संसर्गको धार्मिक्तालाई स्वीकार गर्नु आवश्यक छ, किनभने जीवनको सृस्टि त्यसैबाट हुन्छ र सृस्टिको निरन्तरताको लागि त्यो आवश्यक छ । परमात्माले पनि प्रेम र यौनलाई जीवनको आधारकारुपमा स्वीकार गरेका छन, तसर्थ प्रेम र यौनलाई गलत आँखाले हेर्नु वा गलत परिभाषित गर्नुभन्दा ठुलो अपराध अरु केही हुन सक्दैन । वास्तबमा भन्ने हो भने जो मनिस प्रेम बिना को जीवनको कल्पना गर्छ त्यो पापी हो, जुन बस्तु प्रेमरहित हुन्छ त्यो अपवित्र हुन्छ, किनभने प्रेमले नै मनिसलाई परमात्माको नजिक पुर्र्याउछ र समाजको, सृष्टिको निरन्तरतालाई सघाउँछ । त्यसैले म भन्छु प्रेम आँखाले हेर, तिम्रा लागि यो सारा जगत बिस्तारै-बिस्तारै परमात्मामय देखिन थाल्छ । जसले जीवनमा कसैलाई प्रेम गरेको छैन उसको जीवनमा उसको जीवनमा परमात्माले प्रबेश गरेकै छैन भन्न सकिन्छ, किनभने प्रेमक्षणमा नै पहिलो पटक कुनै पनी प्राणीमा परमात्माले प्रबेश गर्छ । त्यसैले यदी प्रेमको एक थोपामात्र निन्दित भयो भने पनि सम्पूर्ण परमात्मा निन्दित हुन पुग्छ । कुनै पनि मनिसलाई परमात्माको नजिक लानु छ भने त्यस्तो मनिसलाई प्रेमको नजिक लानुपर्छ । यदी हामीले यो संसारमा प्रेम प्रतिको निष्ठालाई, यौन संसर्गप्रतिको आकर्षणलाई स्थापित गर्न सक्यौ भने यो संसारमा हाम्रो जीवन र जगत दुबै सम्मानित हुनेछन । त्यो बेला प्रेमले एउटा आध्यात्मिक मूल्य प्राप्त गरेर नयाँ समाजको निर्माण गर्नेछ । जहाँ हाम्रा सन्तति, हाम्रा भाबी पुस्ता र उनिहरुको जीवन प्रेममय हुन पुग्छ । सायद यसैलाई मनिसहरु ईश्वरीय खोजकारुपमा व्याख्या गर्छन । त्यसैले म भन्छु प्रेम प्रारम्भ हो भने प्राप्ति अन्त ।
सभार: साप्ताहिक
(प्रेम दिवस फेब्रुअरी-१४ को दिनबाट सुरु गरेको यो मेरो "मेरो खुशीको दिन" भएको कारणले गर्दा पनि प्रेम र माया-ममतामा बिशेष जोड दिन चाहेको र मलाई लाग्छ माया बिनाको संसार कल्पना गर्न नि सकिन्न ! आशा छ, मित्रहरुले सिधा नजरले हेरीदिनु हुनेछ।) - अर्जुन

3 comments:
lahai arjun jee tapaiko pani blog aaechha khusi laagyo, yasarinai khusikaa lahar haru baddai janusha subhakaamana
Hajur, B.J.ji tapailai dherai dhanyabad.
Wish you all the best to have such articles again.
Post a Comment