Saturday, February 14, 2009

कविता

-उदाउँदै गरेको नयाँ संबिधानलाई !
पर्खाईमा छन आमा-बाबा अनी नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोशाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई
उही धर्तिमा बिलए भएका चिरात्माले पनि तिमीलाई सलामी चढाउँनेछ,
आउ तिमी जात, जाति, भाषा, धर्म, लिङग र बर्ण साह्रालाई समेटी
जसले तिमीलाई गर्बको आशुँ चढाउँनेछ ।

पर्खाईमा छन आमा-बाबा अनी नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोशाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई
हो ! थाहा नहोला र कसलाई? साहारा खोज्दैछौ तिमी बैशाखीको !
तर, भरोशा त छैन यहाँ,
चम्चे र दादागिरीको दलदल भँगालोमा फस्ने बानी बसेकोछ ।

हे सहयोगी मित्रहरु !
निष्पक्ष र कर्मनिष्ठ भएर हतेमालो गरियोस,
जहाँ सम्मा भोलि आफुलाई,
आफ्नो यथार्थ उपकार र कल्याणको भावनामा पोतियोस ।
पर्खाईमा छन आमा-बाबा अनी नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोशाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई
वनपाखाका प्राणी, भिरका सुनाखरी, देउराली र भञ्ज्याङका बटुवा
अनि खर्कका चौरी पनि नछुटुन,
जसको चित्कार र मनोरन्जनले तिमीलाई बासनादार फूल बनाई
सदा-सर्बदा फूलाई रहनेछ, फूलिरहनेछ ।
पर्खाईमा छन आमा-बाबा अनी नेपाली दिदी-बहिनी र दाजुभाइ
आशा र भरोशाको स्वागत बोकी उदाउँदै गरेको नयाँ संबिधानलाई ।

No comments: