- अर्जुन दुङमेन्
यि दिनहरु र यो समय हामी नेपाल र नेपालीहरुका लागि प्रत्येक महिना, दिन, र प्रत्येक घण्टा, मिनेट र सेकेन्ड-सेकेन्ड अमूल्य बन्दै गईरहेको छ । हुन त समयको मूल्य र मान्यता भनेको त कहाँ र कहिले नहुने होर ! तर पनि यतिखेरको यो समय भनेको नेपाल र नेपालीहरुको भाग्य र भविष्यको सिमांकन वा नक्सांकन गर्ने दिनहरु हुन । नेपालमा मात्र नभएर कुनै पनि राष्ट्रका लागि सो देशको नीति र सो देशका जनाताका लागि उचित नियम-कानुनको अपरिहार्यता हुन्छ । हुनको लागि नेपालमा हिजोका दिनमा पनि बिना बिधी-बिधान र कनुन बिना देश सन्चालन भने भएको थिएन । पटक-पटक बिधान कोरिएको थियो । यधपी, यो हिजोको दुनियाँ होइन, आज जस्तो भोलि हुँदैन । जति-जती युग र समयले कोल्टे फेर्दै जान्छ उति-उती आधुनिकता र परिवर्तन चाहन्छन जो कोहि पनि सफल मानब जिबनका लागि । त्यसैले गर्दा पनि यो किटान गर्न सकिन्छ कि ढुङ्गे युगमा घनाघोर ठुल्ठुला जंगलका ओडारहरुमा बस्ने, जंगलका पाकेका फलफुलहरु खोजेर टिपेर खाने, गिठ्ठा र भ्याकुर खोजेर खाने हाम्रा पुर्खाहरुबाट आज हामी यो स्तिथिमा आईपुगेका छौ । त्यसैले हिजोकोले आज भएन त आजकोले भोलीलाई हुँदैन । किनकी यो मानब जातिको बिकासक्रम हो भन्नमा फरक नपर्ला । त्यसैले अब नेपालको राजनीति र राजनैतीक दलहरुले समयनुरुप हिजो त्यही भूमिमा त्यही नेपाल आमाका वीर सपुतहरुले नेपाल र नेपालीहरुको भलाईका लागि ज्यानका बाजी थापेर ज्यान बलिदान दिन आहुती दिने १४ हजार वीर शहीद योद्दाहरु र नेपाली जनताका भावनालाई कदर गर्दै यो समयलाई उच्च मूल्यांकन गरी स्वच्छ र निष्पक्षढंगले संम्बिधान निर्माण कार्यमा जुट्नु अतिनै जरुरी छ । तर हिजो जो ब्यक्तिहरुलाई एक जिम्मेवार ब्यक्ती ठानेर अभिभावकस्वरुप सम्बन्धित निकायमा पुर्र्याईएका छन, उनिहरु आज आफ्नो कर्तब्य र दायित्वलाई गहनरुपमा नलिएर काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झै दलहरु बिच जिम्मेवार ओहदामा बसेर एक-आपसमा जुवाडी खेलिरहेछन । यो भनेको उनिहरुका लागि एक चुनौती हो भने एक अवसर पनि त हो ! मैले क-कस्को मन कसरी जितेको छु ? उनिहरुको ऋण कसरी मैले चुक्ता गर्नु पर्छ ? फेरी यस्तो सारा एउटा सिङ्गो देश र जनताको भाग्य र भबिष्य कोर्न पाउन अवसर सबैलाई कहाँ मिल्छ र ? भनेर सोच्नुको उल्टो एक-अर्कामा तँछाड र मछाड्को होड्बाजी गर्न ब्यस्त छन जिम्मेवार ब्यक्ती नेताहरु । प्रधानमन्त्री पुष्प कमल दाहालले माओवादी जनयुद्द वार्षिकोत्सव नेपालगंजमा "माओबादी लडाकुलाई सरकार ढाल्न खोज्नेसँग संघर्ष गर्न तयार रहन" दिएको निर्दैशनले आशंका उत्पन्न गराएको हदै सम्मको गैरजिम्मेवारी, सेनालाई बिवादमा तान्नु, पशुपति नाथमा पूजारी बिबाद, त्रिभुवन विश्वविद्यालय र न्यायलयमाथिको हस्तक्षेपले माओवादी नेत्रित्वको सरकारप्रति आम नागरिकबीच संशय र आतंक अराजकता फैलाएको नेपाली कांग्रेसका कार्यबाहक सभापति शुसिल कोइरालाले आरोप लगाएको छन भने प्रधानमन्त्री पुष्पकमल दाहालकै बारम्बारका अभिब्यक्तिले शान्तिप्रकृया, राज्य पुन:संरचना र संबिधान निर्माणका मूल मुद्धा ओझेल परेको भन्दै कांग्रेसका २८ सभासदले बिरोधका जनाउनुका साथै अभिब्यक्तिको निन्दा र भर्त्सना गरेको छ भनी फाल्गुन-५ को नेपाल राष्ट्रिय दैनिक कान्तिपुरमा दिएको छ । यसै भन्ने हो भने हिजोका दिनहरुमा कांग्रेसले देश चलाऊनु सम्म चलायो । भएका ढुङ्गा-मुढाहरु पनि अरुलाई हस्तान्तरण गरेर देशलाई जालो-जालो छेन्द्रो बनायो । भएका नदी-नालाहरु बेचेर सखाप पार्नुले आफ्नै देशलाई डुबायो । छिमेकी राष्ट्र भारतले नेपालको बिभिन्न क्षेत्रका हजारौ हेक्टर क्षेत्रफल जगा मिचिरह्यो, जसरी हुन्छ आफ्नो सरकार ठडाउँने मेलो-मेसो गर्नाले त्यसमा जनतालाई गुलामी बनाउदै ङिचिक्क लाज पचाएर हेरिरह्यो । काँग्रेसले यही न गर्यो । मैले अघिनै भनी सकेको छु कि समय चुनौती हो भने अवसर पनि हो ! उसले आफ्नो अवसरमा नगरेर किन अरु बेला बखतमा बाँदरले आफ्नो पनि घर बनाउदैन अरुलाई पनि बनाउन दिदैन भनेझै गर्ने ? यता ने.क.पा. माओवादीको १० बर्षे जनयुद्धले लाखौ नाबालक टुहुरो बने, कती त गर्भे टुहुरो बने । हजारौ महिलाहरुको सिउँदोको सिन्दुर पुछियो, हातका चुरा फुटे, गर्दनको पोते चुँडिए । हजारौ बाबु-आमाले आफ्ना मायाका टुक्रा सन्तानहरु गुमाए । लाखौका नाता-गोतालाई दु:खित तुल्यायो । यो त बहुतै दु:खको कुरो हो । तर के गर्ने र ? हुनु थियो, भई त गयो । कामना गरौ कि देश र जनताका हितका निम्ति लडेर वीरगति प्राप्त गरेका नेपाल आमाका सपुत छोरा-छोरी, वीर शहिदहरुका चिरात्माले स्वर्गमा शान्ति पाउन । उनिहरुको बलिदानीपूर्ण योगदान र ने.क.पा.माओवादी पार्टीको १० बर्षे जनयुद्धको परिमाणस्वरुप शदिऔ देखी जकडिएर आएको तानाशाही राजतन्त्रको अन्त्य र संबिधानसभाको चुनाव सफल हुनु जस्ता उल्लेख्य कार्य चाँही किटानकासाथ भन्न मिल्छ पक्कै भएकै हो । तर यहाँनेर, पुष्पकमल दाहाल प्रधानमन्त्री, प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिको माओबादी लडाकुलाई सरकार ढाल्न खोज्नेसँग संघर्ष गर्न तयार रहनु पर्ने जस्तो अभिब्यक्ती ठीक चाँही कदापी पनि होइन । अब यहाँ ढाल्ने र ठडिइरहनेको के कुरो आयो र ? कर्तब्य र दायित्वको कुरो छ यहाँ त अब ! चाहे जुनसुकै पाटी वा बादी आओस । अब त हामीले पो नेपाली तन, नेपाली पन, नेपाली मनले बारम्बार यि लाचार सरकारमा रहेका हाम्रा अभिभाबक भनौदा ब्यक्ति र दलहरुलाई खबरदारी गर्न पछी पर्नु हुन्न । परेको बेलामा जस्तो सुकै मूल्य चुकाउँन पछी हट्नु हुन्न सम्पूर्ण नेपाली मुटुले । हैन भने एकदिन हामी एउटा खुकुरीको भरमा लडाई लडी हामी वीर गोर्खाली भनेर हामीलाई हाम्रा पुर्खाहरुले पहिचान गराएको हाम्रो अस्तित्व पनि गुमाइ दिन पछी पर्दैनन हाम्रा अभिभावकहरु । अब तपाईं गम्भिर भएर बिचार गर्नुस् । अब अस्ती फाल्गुन-२ गते शुक्रबारका दिन "नेपाली सेनाको कर्तब्य, यसको सन्चालन तथा राष्ट्रिय सुरक्षा" बारे सुझाब लिन बोलाईएका प्रधानसेनापति लगायत शैनिक अधिकारीहरुले नयाँ संबिधानका लागि भनेर नेपाली सेनाले धर्मनिरपेक्षता, नागरिकता र राज्य संरचनाको भाबी स्वरुप र संबिधान संसोधन लगायत मूल मुद्धामा जनमतसंग्रह गरी परिमाणका आधारमा मात्र निर्णयमा पुग्न, 'नयाँ संबिधानमा हुनुपर्ने महत्वपूर्ण ब्यबस्थाहरु र नयाँ संबिधान निर्माण गर्न गठित भिभिन्न समितिहरुका लागि आवश्यक सुझाबहरु' गरी दुई भागमा बाँडिएका पहिलो खण्डमा १६ र ब्रिस्तिथिकरण गरेर दोश्रो खण्डमा ३६ बुँदा समेटिएको, सुझाब पुस्तिका राष्ट्रिय हित संरक्षण समितीका अध्यक्ष अमीक सेरचनलाई बुझाएको थियो । अध्यक्ष सेरचनले यसमा सार्वजनिकरुपमा सुझाब मागिएकोले सुझाबलाई अन्यथा मान्न नहुने बाताएका थिए भनी फाल्गुन-५ कै राष्ट्रिय दैनिक कान्तिपुरले छापेको छ । अब यि पहिला त माग मात्रै हुन्थियो अब त सुझाब नै जान थाल्यो सरकारलाई सेनाको । के गर्नु त ? कुकुरले पुच्छर हलाउनु पर्ने, पुच्छरले कुकुर हलाउन थाले पछी । हुन सक्छ त्यो सेनाको शही माग थियो । तर, जनताको सेना हुन्छ कि सेनाको जनता ? मैले २०६४ माघ, अंक-४ को बिचार प्रधान मासिक पत्रिका "कोशी" मा सैन्यबिद डा. ईन्द्रजित राईको एउटा लेखमा पढेको थिए- "हामीसँग एयर्फोर्स, मिसाईल, नेवी, प्याङ, एयरक्राफ्ट जस्ता अत्याधुनिक बस्तुहरु छैनन । हाम्रो सेनाले दोश्रो कुनै छिमेकी राष्ट्रका सेनासँग हमला गर्नु पर्दा १ घण्टा पनि टिक्दैनन । एउटा F16 भन्ने एयरफोर्सको लागि प्लेन छ त्यो किन्नलाई २ करोड ६० लाख नेपाली जनताले २ बर्षसम्म खान पुग्ने बराबरको खर्च लाग्छ ।" हो यो सारा यसरी गिरिएको स्तिथीमा हामी नेपाल र नेपालीको हैसिएत किन भयो होला त ? यि यही हो दलहरुको होड्बाजी ! अघि-अघी नेता र जनता थिए । अब नेता जनता सेना । लाटो देशको गँडो तन्नेरी भने झै । मलाई के लाग्छ भने अब उचालेको कुकुरले मिर्ग मार्दैन भने झै भईरहेको छ अभिभावक भनौदा नेताहरुलाई जो स्वयंले सारा होड्बाजी, खिचा-तानीलाई त्यगेर कर्मनिष्ठ भई तोकिएको मिती वा समयवधी भित्रमा सम्पूर्ण नेपालीहरु (दलित, जनजाती, महिला, मधेशी, पिछडिएका बर्ग, लिङ्ग, बर्ण, धर्म) लाई सम्बोधन हुने गरी र देशको रक्षार्थरुपमा देशको नयाँ कानुन वा संबिधान कोरी देशलाई सोहिनुरुप कडाईका साथ लागू गरी डोर्र्याइनु पर्छ । किनकी देश सन्चालन बिधी भनेको संबिधान र कानुन नै हो । यसैमा सबै नेपालीहरुको भलाई हुन सक्छ ।
No comments:
Post a Comment