
यसरी जतिपनी मानवरुपी आत्माहरुमा ईर्ष्या, पाप र घमण्डको बिकास हुँदै जान्छ त्यती नै शान्तिले लत्याएर जान्छिन हामीलाई। शान्तिको मुहार हेर्न, शन्तिको श्वास फेर्न कदापी सक्दैनौ हामीले। बरु अनी त्यसैगरी भवितब्य, प्रकृति र प्राकृतिक प्रकोपहरुले पनि सोही अनुरुप सताईरहेको हुन्छ। हामी मानवले मानवरुपी जिन्दगी पाउनमा कती गर्व छ तर त्यो त्यसै नष्ट भईरहेछ। जस्तै एशिया महाद्विप भित्रै पर्ने एकदुई वटा देशको उदाहरणहरुलाई लिन उपयुक्त लाग्यो।
०४-डिसेम्बरका राती मस्को, रुसको एक नगर पर्वमा अकस्मात् एक क्लबमा बिष्फोटन भएर आगलागी हुँदा १ सय ९ जनाको ज्यान गयो। १ सय ६० जना जतिको संख्यामा घाईते भए। सोही दिन पाकिस्तानको उत्तर-पश्चिमी पाकिस्तान पेसावरमा भएको शक्तिशाली बम बिष्फोटनले ७ जना मरे। ०७-डिसेम्बरमा पाकिस्तानकै पुर्बीय क्षेत्र लहोरे शहरको एउटा बजारमा २ वटा बमहरु बिष्फोट हुँदा बिशेषगरी बालबालिका, महिला र अन्य गरी ३४ जना मारिए। करिव जुन महिनाको तेश्रो हप्ता तिर इण्डोनेशियाको सुमत्रा ईजल्याण्डमा एक शक्तिशाली भुकम्प जाँदा ज्ञातरुपमा ६ सय ६४ जनाको ज्यान गयो भने थुप्रै धनमालको क्षति भयो। दोश्रो फेरी इण्डोनेशिया कै राजधानी जकर्ता क्षेत्रमा गएको भुकम्पमा सयौंको संख्यामा मनिसहरुको ज्यान गएको थियो। यसैगरी जापानमा ११-अगष्टमा करीब ६.५ रेक्टरको भुकम्पले मध्ये जापानको माकीनोहारा, शिजुओका भन्ने ठाउँको मूलबाटो नै क्षतिग्रस्त बनाउनुका साथै एकजनाको ज्यान समेत भयो। हालै मात्र पनि माल्दिभ्स, बंङ्गलादेश लगायत भारतका केही निश्चित भागहरु डुबानमा पर्न जाँदैछन। त्यसैगरी, जलवायु परिवर्तन संगै २७-सेप्टेम्बरमा आएको भेल बाढीको आँधीले फिलिपिन्समा ५१ जनाको ज्यान गयो भने ४ हजारको उद्धार गरिएको थियो। राजधानी मनिलाको ८०% भन्दा बढी भू-भाग जलमग्न हुन पुगेकोले २ लाख ५० हजार जनतालाई सुरक्षित स्थान तर्फ सारेका थिए। मनिलाको आसपासको २५ वटा प्रान्तमा आपतकाल घोषणा र फिलिपिन्स सरकारले आपतकालिन सहयोगको आग्रह पनि गर्नु पर्यो।
लाग्छ कि, जती पनि मानवमा पाप र घमण्डले चुलिंदै जान्छ, भवितब्य, प्रकृति र प्राकृतिक प्रकोपहरुले पनि विश्वमा नै सताईरहन्छ।
माया, प्रेम, स्नेह, बिचार र भावनाको अभाबले मानवमा घमण्डता, मुर्खता अनी कट्टरताले त्यसैगरी दु:खीत् परिणामहरु पनि आई पर्छन। यदी घमण्डै घमण्डले झेलिएको छ अनी पवित्र बिचार, असल भावना नहुँदामा पनि यस्तै अशान्ति र दुरदशाले झेलिन्छ मान्छे।
यसैको परिमाणस्वरुप खाडी राष्ट्रहरुमा पर्ने इराकले सन् २००४ मा मृत्युदण्ड दिने र झुण्ड्याएर मार्ने ब्यबस्था गरी सन् २००७ मा १ सय ९९ जना ब्यक्तिलाई मृत्युदण्ड दिएको थियो भने सन् २००८ मा २ सय ८५ जना निर्दोष ब्यक्तिलाई मृत्युदण्ड दिएको थियो र यसवर्ष अर्थात २००९ मा पनि कम्तिमा १ सय २० जनालाई मृत्युदण्ड दिएको कुरो मानवअधिकार, एमेनेष्टी ईन्टरनेशनलले जनाएको छ। यो देश मानव हत्यास्वरुप मृत्युदण्डको मामिलामा विश्वकै सबै भन्दा अग्रस्थानमा रहेको पाईन्छ। बृहत्तररुपमा यसलाई मूल्याङ्कन् गर्ने हो भने माया प्रेमको अभाब खट्किएको र कट्टरता बढी भएको पाईन्छ।
यसैगरी कैलाली घटना र वर्तमान परीप्रेक्ष्यलाई लिएर आफ्नो नेपालको बारेमा सोचौं, दयनिय र एकदमै कहली लाग्दो छ जन-जीवन। नेपालका ७५ वटा जिल्ला मध्ये लगभग २६ वटा तराईका जिल्लाहरु जोडीएको छिमेकी राष्ट्र भारतले देशको हजारौं हेक्टर नेपाली भूमि धमिराले झै खाईसकेको छ, मिचिसकेको छ। सरकारका जिम्मेवार ब्यक्तिहरुले त्यो देख्दैनन। उता प्रशासनिक वल प्रयोग गरेर गोली ठोक्न लगाउछन सुकुम्बासी जनतालाई ! आखिरी ति सुकुम्बासीहरु को हुन त ? सबै नेपाली जनता नै हुन ! कहाँ गएर बस्ने त ? देखाई दिनु पर्यो। ब्यबस्था हुनु पर्यो। हैन भने बिचरा त्यो जंङ्गलमा छाप्रो बनाएर बसेको, आधा पेट खाएर बाँचेको, आधा आङ् मात्रै कपडाले ढाकेको गरिव जनताको छातीमा गोली किन ? त्यो गोली ठोक्दै गरेको दु:खदायी क्षणको स्पष्ट झलक २०-मंङ्शिरमा प्रकाशित कान्तिपुर खबर पात्रिकाको प्रथम पृष्ठमा देख्न सकिन्छ। सोही घटनामा सुकुम्बासी र प्रहरी बिचको झडपमा १ प्रहरी सहित ५ गरिव जनता मरेका छन। यस घटनालाई पनि हाम्रा सम्माननीय प्रधानमन्त्री र गृहमन्त्रीले साधारण ठहर्दै पार्टी-पार्टीमा दोषारोपण गरिबसेका छन। दिल भित्र मुटु छ कि,, चट्टान छ मुटुको सट्टामा… !


तर मैले यो राजनैतीक शैलीमा भन्न र लेख्न खोजेको भने कदापी होइन। यो मेरो एक सोझो र ठेट नेपाली साहित्यिक शैलीको प्रस्तुति हो। किनकी म हाल यो घिन लाग्दो राजनीति भन्दा बढी साहित्यन्मुख छु। त्यसैले मेरो यो साहित्यिक कामना ! दुनियाँमा नै दुर्घटना र दैवी प्रकोपहरु रोकियोस्। नव-बर्ष सन् २०१० को शुभ आगमन संगै हामी सम्पूर्ण नेपाली अनी मानव जातिको बैचारिक उन्नतिका साथ मनमा अमन चयन र शान्तिको शुभकामना !!
अर्जुन दुङ्मेन्
बगदाद, इराक।
ई-मेल: arjunkrb_d6a@hotmail.com
No comments:
Post a Comment