हस्तक्षेपमा खबरदारी
मेरो देश फूल जस्को बयान गर्दैछु आज
थुंङ्गै थुंङ्गा लिईकन सुभाष छर्दैछु आज।
हिमाल पहाड र तराई सुन्दर बगैंचा
खर्कको सोझो ठिटो बेशीतिर झर्दैछु आज।
गोर्खाली शिर झुक्दैन कहीं बढ्छु अघिसरी
रक्षक हुँ गुलेलीमा बारुद भर्दैछु आज।
बिबिध आईपर्ने घटना मर्दको उपमा
राष्ट्रघाती भनी जेल सजाय पर्दैछु आज।
साहस धर्यता र इमान्दारीता मेरो नीति
किन दुस्मनको थिचोमिचोमा मर्दैछु आज?
साँध वर सार्दै सुपरसोनिक उडायो रे
त्यही पर नै चौकीदार बस्न सर्दैछु आज।
राष्ट्र माथिको हस्तक्षेपमा खबरदारी गर्दै
महाकाली कर्णाली सेती भेरी तर्दैछु आज।
त्यही पर नै चौकीदार बस्न सर्दैछु आज। ।
(भारतिय पक्षबाट नेपालको भूमी बिभिन्न ठाउँमा मिच्दै आईरहेको बेला केही दिन अगाडि त महाकाली र कर्णाली क्षेत्रको आकाश तिर बिना जानकारी नै भारतको सुपरसोनिक यान उडान भरी फर्केको अनलाईन समाचार माध्यमबाट पाइयो। यसैमा सम्बन्धित खबरदारी हो यो।)
तपाईले जान्नैपर्ने ८ किबोर्ड सर्टकट
11 years ago





No comments:
Post a Comment