Wednesday, November 4, 2009

कविता

कलाकार राष्ट्रका गहाना हुन ...!

कलाकार राष्ट्रका गहना हुन, कलंङ्क होइनन।
हिजो जती उचाईमा थिए, आज त्यती छैनन।।

एकदुइ जनाको गढ्बढीले समुह नै दुर्गन्धित पारे।
तिनको व्यबहारले गर्दा कलाको परिवारलाई नै मारे।।

पारीवारीक क्षेत्रबाटै यसको, कडा निगरानी राख्नु पर्छ।
लापरबाही छाड्यो भने, नयाँ पुष्तामा यस्तै रोग सर्छ।।

छोटो कपडाले के हुनु अश्लिनता, ओठे जवाफ गर्छन्।
एकैछिनको जवानीको मात देखाई, ओझेलतिर पर्छन।।

कती सच्चा प्रेमीका र आमाको, भूमिका गरे होलान।
गहन पात्र बनी सकेकाले, ऐले पश्चातापमा रुँदै होलान।।

मोडल र नायिकालाई जस्तो, अरुलाई बैश चाढ्दैन र ?
इमानदारीताले अभिनय गरे, तिनको छबी बढ्दैन र ?

नामै लिदाँ कती सुन्दर छन, पूजा अनी नम्रता।
असल सन्देश प्रचारक, लाग्थियो दर्शकका मन भित्रता।।

अभिनय कला मात्र हैन, यथार्थलाई उतार्नु पनि हो।
जीवनमा कलाकार नाम मात्र हैन, जगतलाई सुधार्नु पनि हो।

No comments: