Saturday, June 13, 2009

कविता:

"नेपाल मेरो"
.
सूर्यका बिहानी किरणहरु टल्कने
रारा, बेगनाश र फेवाताल,
वन-जंगल, हिमाली सुन्दर्यताले भरीभराउ
मेरो प्यारो सुन्दर देश नेपाल ।
.
सीता, भृकुटी र बुद्धको जन्मस्थल
अनी आफु जन्मेको ठाउँ नेपाल,
आफ्नो जन्मभूमि र हुर्केको
घमाईलो र हराभरा त्यो गाउँ नेपाल ।
.
खुकुरीको भरमा युद्ध गरी
बैरी परास्त गर्ने वीर गोर्खाली,
उनै वीर गोर्खालीका सन्तान
हामी नेपाली अनी नेपाल ।
.
रातो चन्द्र र सूर्य
जब सम्म आकाशमा रहन्छ,
रातो र तातो रगत
जब सम्म नशा-नशामा बहन्छ,
मेरो प्यारो सुन्दर देश नेपाल
तब सम्म अटल र अमर रहन्छ,
जय नेपाल ! जय नेपाल !! जय-जय नेपाल !!!
.

2 comments:

Unknown said...

Nice poem!! Arjun Ji !

Arjun Dungmen said...

धन्यवाद सुजन जी !
मैले पनि तपाईको फोटो ब्लग हेरे अनी समय-समयमा हेरी रहन्छु पनि । जसमा केही मेरो शब्दहरु तपाईको कमेन्ट बक्समा छाडु भनेर चाहे । तर सकिन । कारण मेरो ब्लगको सम्पूर्ण सामाग्रीहरु उही रहेर, साइट एड्रेस चाँही हाल मैले परिवर्तन गरेको छु । यसो भएकोले गर्दा, तपाई लगायत एक-अर्का अन्य सम्पूर्ण ब्लगर साथीहरु संग म बिछोडीन पुगे झै लाग्छ । त्यसकारण, यहाँहरुलाई थोरै झन्झट त हुने नै भयो । यसको लागि क्षमा चाहन्छु । साथै कृपया, यो नयाँ मेरो ब्लग अड्रेस एड गरी साथीत्वको साथ दिनहुन समग्र ब्लगर साथीहरुमा अनुरोध गर्न गर्न चाहन्छु । यहाँको दिन शुभ-रहोस् । धन्यवाद !