Thursday, May 28, 2009

यथार्थ अनी बिचार

प्रिय ब्लगर मित्रहरु,
तथा सम्पूर्ण सबै साथीहरुमा; सलामी नमस्कार ।
.
........आज धेरै दिन पछी यहाँहरुको माझ पुन: झुल्किन लागिरहेछु । तर खै अहिले म के को बारेमा तपाईहरुसँग भलाकुसारी गरुँ ? एनी वे, जसले जे देखेको छ, जे भोगेको छ उसले त्यसैको बयान-बखान गर्छ- जस्तो मलाई लाग्छ । त्यसैले अब म नेपाली दाजुभाइहरुको सपना चकनाचुर हुँदै गरेको ब्यथा सुनाउँछु । जुन सपनाले मलाई मात्र हैन, यहाँ इराकमा कार्यरत दाजुभाइहरुलाई मात्र हैन एउटा सिङ्गो नेपाललाई पनि असर पुर्‍याउने छ । छिट्टै मेरो प्रसंग भित्र प्रबेश गर्न चाहन्छु । तपाईंहरुलाई थाहा भएकै कुरो हो- ०१-सेप्टेम्बर-०४ का दिन यही ठाउँमा १२ जना नेपाली दाजुभाइहरुले जिन्दगी नै गुमाउन वाध्य हुनु भएको थियो, सपनाको त कुरै नगरौ । त्यसैले नेपाल र इराक बिच द्विपक्षिय अन्तरराष्ट्रिय रोजगारीको निम्ति औपचारिक सम्झौता पनि नभएको देशमा हाल ४५ डिग्री सेल्सियस भन्दा माथिको तातो हावापानी र बातावरणमा पसिना बगाएरै भएपनी नेपाली दाजुभाइहरुले कमाएर पठाएको मासिक करोडौ रुपैया नेपाल भित्रिने गरेको छ । जसले एउटा कुल राष्ट्रको आयलाई नै मद्घत गरिरहेको छ । तर समयको कालखण्डहरु बित्दै जाँदा हामी सबैले आफ्नो कम्पनिको सम्झौता पत्रमा एउटा निश्चित करार अवधी तोकेको भएतापनी कम्पनिकै करार अवधी सिद्दिन गैरहेकोले भिभिन्न राष्ट्र (नेपाल, भारत, श्रीलंका, फिलिपिन्स, कोशोभो, बोस्निया आदि) बाट आई बिश्वकै ठूलो मानिने यहाँको एक अमेरिकन कम्पनी (केबिआर; Kellogg Brown and Root) मा आबद्ध रही कार्यरत कामदारहरुलाई खाली हात फर्काउने निर्णय कम्पनिले भर्खरै मिटिङ गराएर सार्बजनिक गराएको छ । औपचारिक मान्यता नपाएको देश परेकोले पनि यसमा कुनै औलो ठड्याउने अधिकार पनि कसैलाई छैन । यदी त्यसो भएको खण्डमा झन तुरुन्तै आजै घर । यस्तो कम्पनिको निर्णयले सबैलाई कालो अनुहार बनाउन वाध्य तुल्याएको छ । नहोस् पनि कसरी ? ३ साँढे ३ लाख रुपैया लगानी गरेर यहाँ सम्म बल्ल-बल्ल आइ पुगेको भएतापनी मासिक ५५/६० हजार रुपैया चोखो घर गैरहेको थियो । यसैको लागि कतिले आफ्नो देश, साथीभाइ, आफ्नी श्रीमती, तामाका मुना जस्ता लाला-बाला, घर-परिवार छाडेर त कतिले हृदयमा सजाई राखेको परी जस्ती प्रेमिकालाई छाडेर आएका हौ, हामी बैदेशिक रोजगारीमा । मेरो पनि एउटा सानो घर होस् । मेरो पनि जिन्दगी जिउने एउटा आधार बनोस । यस्ता-यस्ता सपनाहरु मनमा सजीएका थिए । भन्नाले घरै जानको लागि त कुनै आपतीको कुरो हैन । तर यहाँ सम्म आउनुमा कुनै उपलब्धी पनि हुन सकेन । कतिको त आउदा लागेको लागानी नै सम्म पनि उठाउन नसक्ने स्थिती सिर्जना हुने भयो, यहाँ अब । यसको मतलब हामीले घाटा सहनु हुन्न ! अब जीवनमा सम्पती नै कमाउन नसकिने भयो ! जिन्दगीमा केही गर्न नसकिने भयो अनी धन दौलत, सिरी-सम्पती भए मात्रै जिन्दगी हो- भनेर मैले भन्न खोजेको हुँईन । निष्कर्षमा भन्नु पर्दा यहाँ हाल हामी नेपालीहरु दैनिक १२ घण्टा कुनै दिन छुट्टी नपाईकन काम गरी रहेछौ भने हामी नेपालमा दिनको १२ घण्टा काम गरेको शायदै रेकर्ड छैन कसैको । त्यसैले यो १ दशक, २ दशक मात्र नभएर एउटा बिरुवा उमार्नलाई सयौ बर्ष लाग्ने ठाउँमा हामी यती मेहेनत र परिश्रम गरीरहेका छौ भने तोरीको गेडा, माकैको गेडा, धानको बियाँ, रुख बोट-बिरुवाको गेडा वा बियाँ फाली दिएको भरमा हाम्रो देशमा त्यो बिरुवा उम्रन्छ र हुर्कन्छ । यसरी हाम्रो देशको दक्ष जनशक्ति जती हामी सबै बैदेशिक मुलूकहरुमा प्रबाशी भएर रहेका छौ । अनी हामीले दु:खले पसिना बगाएर भित्रयाएको केही आम्दानीमा देशका साशक सत्ताधारीहरुले पालै-पालो हालीमुहाली गर्दै मच्छडले रगत चुसेझै दैत्य र राक्षस बनी हाम्रो रगत चुसिरहेका छन । हामी अब आफ्नो देशमा यसै गरी १२ घण्टा वा सो भन्दा बढी श्रम गरे अन्य बैदेशिक रोजगार वा दाह्रा नभएको बाघ जस्तो नेपालको सरकारसँग कुनै कुरोको आश्रित हुनु नपर्ला । तर; मेरो अन्तिम बिचार वा मैले देखेको- "हामीले हाम्रो माटो, जन्मभूमि र आफ्नो देश नेपालको चिर शान्ति र दिर्घायूको निम्ति हरपल होसियारीका साथ खबरदारी गर्नै पर्छ कुठाराघाती देशका सत्ताधारीहरुलाई !
.........नत्र कुनै दिन हामी नेपालीले सुखको श्वास फेर्न पाउने छैनौ किनकी; बिदेशी हातहरुले बुनेका, उनेका फूलमाला र पहिराई दिएका अबिरका साथ सजिएर बसेका खोक्रो सत्ताधारीहरुले कुनै दिन नेपालको राजाधानी डिल्ली बनाएर नेपाललाई भारतको कुनै एक राज्य बनाउन पछी पर्नेवाला छैनन ।"
.

6 comments:

Unknown said...

सही कुरा गर्नु भयो अर्जुन जी मैले धेरै सुनेको छु र देखेको बिभिन्न सञ्चार माध्यम पत्र पत्रीकामा भारतले नेपाललाई एउटा पुतलीको जस्तो खेलाई रहेको कहिले बुद्व भारतमा जन्मेको भनेर नेपालको मान र मर्यादालाई तहसनहस बनाउने भने कहिले सगरमाथा हाम्रो हो भन्ने यस्ता पनि छन र नभै मैले एउटा जैहिन्द भन्ने पेनपल मैगेजिनमा देखेको छु पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे पनि भारतकै भनेर कति सम्म नेपाललाई आँच पुर्‍याउने काम गरिरहेछ त, आफै बिचारौं तपाईको भनाई सही हो।

Ramro Nepali News said...

wow tapai ko kura malai maan paryoo ma pani bj dumlali ji ko kura ma samahat chu

Anonymous said...

Pabitra's opinion:-
maile tapaiko b4 padhe, yahi ho ahileko nepalko yathartha. tara dukhako kura ho, nepalko political situation kahile pani sudhrela jasto lagdaina ani bdesh ko kura pani tei ta honi. afno desh 6odi tadha basera kam garnu par6 tara tyo pani soche jasto hunna sarai dukhako kura ho. anyway don't b sad. sadhai asha rakhnu par6. asha jibitai rakhe ramro hun6.

Arjun Dungmen said...

सर्बप्रथम त; आफ्नो अमूल्य समय खर्च गरेर मेरो लेखको अध्यान गरीदिनु भएकोमा भित्री हृदय देखीनै बिजे जी, प्रल्हाद जी र पवित्रा जी सबैलाई मुरी-मुरी धन्यवाद । जसमा बिचारको सकारात्मक मूल्यांकन गर्दै कमेन्ट गर्नु भेएकोले मेरो कलमले अझ यथार्थको गती लिने मैले विश्वास लिएको छु । यहाँहरुको सुझाब र हौसलास्वरुपको कमेन्टको सदा कदर र मनन गर्नेछु । यहाँहरुलाई पुन: धन्यवाद !

Unknown said...

Arjun jiu,
hajurle j jati share garnu bhayo tes ko nimti muri muri dhanyabad.tes mathi photo haru,bantawa bhasa ko geet,aha........malai ta afnai gawma chhu jhai lagyo.Ani khyati ko dukhad hyidaya bidarak hatya ..........!ko barema maile Nepaljapan.com ma pani hereko thiye tara yati bistrit thiyana.sansar kati bichitra ko chha .sochnai nasakne ghatna haru hunchhan .malai achamma lagchha.manchhe kina yati cruel banchha...? anyway hajurle bhannu bhaye jhai yasto kahilyei nahos. Company le phakaune kura gareko rahechha tara pharkanu naparos testo nahos bhaane kamana garchhu.ajha Nepalile jaha gaye pani thakkar khanuma hamro desh ka kam nalagne rajnitikai hat chha.anyway haresh nakhanuhos hajur jasto byakti ko lagi jaha pani awasar haru le parkhiraheko huna sakchha. pragatiko shubha kamana chha.yah hk mai pani hernus na k hal chha nepaliko.samjhera dukkha lagchha.but you can't runaway from realities.It is a life.

Arjun Dungmen said...

कृपा जि; मेरा ब्लग भित्र भएका बिबिध कुरोहरुलाई समेटेर एकमुष्ठ आफ्नो सुझाब-सल्लाहस्वरुप प्रतिकृया दिनु भएकोमा हजुरलाई मुरी-मुरी धन्यवाद । बेला-बेलामा फेरी पनि मेरो ब्लगमा उपस्थित हुनुहुनेछ र यस्तै सुझाबहरु दिएर जानुहुनेछ भन्ने आशा लिएको छु । साथै यहाँको सकारात्मक सुझाबको लागि पुन:धन्यवाद !