Wednesday, June 17, 2009

"गजल"

"शान्तिको बिगुल फुक्नु है ।"
.
सदा दिल खुशी राखी कर्ममा जुट्नु है
बुढापाका बृद्धाहरुको आशिष लिनु है
.
कुँदेको चट्टान अनी मुर्तिलाई भन्दा
देवता जस्ता आमा र बाबालाई पुज्नु है
.
लाखौं तारा मण्डलको एक आकाश जस्तै
जन्मभूमिको धर्तिमा वीर सपुत बन्नु है
.
चर्किन्छ धर्तिको माटो होइन्छ वारीपारी
हृदयदेखी भाइ-वन्धुत्वको जालो बुन्नु है
.
ढुंङ्गामाटो र हावापानी मुटु मिची रुन्छन
यि साह्रा सिंगो राष्ट्र जोड्न, मनमा गुन्नु है
.
लोभीपापी र हत्या हिंसाले ढाक्दैछ देश
गाउँ-गाउँबाट उठी शान्तिको बिगुल फुक्नु है ।
..

2 comments:

HAWA said...

अर्जुन ब्रो को कविता मा जस्ताइ जीवन मा पनि सधैं यस्तै उमङ र हितकारी भावना रहिरहोस शुभकामना

Unknown said...

शायद हामीले हाम्रा अभिभावकलाई पुजेनौ भने भोलीको अवस्था कस्तो होला, एकपटक कल्पना गर्दा पनि डर लाग्छ। धेरै राम्रो प्रयास अर्जुन जी तपाईंको यो उपदेश रुपी भावनालाई कदर गर्दै फेरी फेरी पनि लेखहरु पढ्न पाईयोस।