Friday, May 1, 2009

चिडीयाखानाको दैनिकी

मलाई महशुस गरी रहेछु आँफैले । बिशाल र घनाघोर जंगलमा आफु खुशी र स्वतन्त्ररुपमा बस्ने, आराम साथ शिकार गर्ने, खाने रमाउँने जातको जनावरलाई चिडियाखानाको बन्दी गृहमा छेकेर राखेको छ । हरियाली डाँडा-पाखा, रानी वन र सल्लेरीका मनोरञ्जनात्मक दृष्‍यहरुमा रमाई घुमफिर गरी सुरीला अनी अग्ला-अग्ला रुखका टोड्काहरुमा गुँड बनाई बस्ने सुँगालाई एउटा सानो तारको जालोले बुनेको पिँजडामा थुनेर राखेको छ । लागिरहेछ, यस्तै-यस्तै भोगाईमा भोगिरहेछु जीवन । मैले मेरा प्रिय ब्लगर मित्रहरु तथा समग्र साथीहरु माझ नव-बर्ष ०६६ को उपलक्क्षमा शुभकामना आदान-प्रदान गरे देखी यता तपाईंहरुको बिचमा उपस्थित हुन नसकेर शून्यता र एक्लो अनुभुती भईरहेछ मनमा । त्यसैले आज म आफ्नो ब्लग अपडेट गरी मित्रहरु सँग भेटघाट गर्ने तयारीमा छु ।

प्रिय साथीहरु !
.........तर खै ! के लेखौ र कसरी !? तापनी केही छैन, चिन्ता नगर्नुस् । म तपाईंहरुलाई हिजोको मेरो दैनिकी बाताई दिनु पर्‍यो है ? सुनेर हा...आई नगर्नुस् नि फेरी ! बरु अन्त्यमा छ्या ०० यस्तो पनि दैनिकी हुन्छ, ... हुनु पर्ने भनेर प्रतिकृया दिनुस् । है त ।
- बिहान ४:०० बजे ओछ्यानको सिरानीमा घण्टी बज्यो । उठे आँखा मिच्दै-मिच्दै । अनी जिउँ दु:खाईको पिडाले मडारिदै-मडारिदै । ५ मिनेटमा बेड मिलाई ओरी सावर गए । २० मिनेट लेट्रिन बाथरुम सकियो । १० मिनेटमा कपडा लगाई २५ मिनेट मेश जाने र ब्रेकफाष्ट (खबुस र दाल अनी अण्डा र चिसो जुश) गरे । अब २० मिनेट भित्रमा क्याम्पको गेटमा गफसफ गर्दै साथीहरु सँग पुग्ने, जहाँ अफिश सम्म पुर्‍याउँनको लागि बसले कुरेको हुन्छ । अफिश ५:३० मा पुगेर आफ्नो दैनिक कार्य शुरु गरे, जुन म मेरो अफिशमा क्यम्पको टेक्निकल ईन्स्पेकशन बनाउँछु । प्राय: काम धेरै हुन्न । बिचमा बिभिन्न राष्ट्रका च्याटिङ् फ्रेन्डहरु सँग च्याट पनि गर्दै ११:०० बज्यो । लञ्चको समय पनि भयो । लञ्च लिदै थियौ । केशर याक्खा भन्ने एक जना साथीले भन्नुभयो- "ठिकै छ राई सर, यहाँ बसुञ्जेलको लागि गर्लफ्रेन्ड ।" जो एक जना फिलिपिनो महिला (लगभग ५०।५२ बर्षको तर तरुनी नै छु भन्न चाहने) ले गोरुको मासु प्लेटमा ल्याई दिईन । र भनिन "यू लाईक ?" हुनको लागि त उनी आमा भन्न सुहाउँने खाल्की हुन । तर यो ठाउँमा महिलाको अनुहार कमै मात्रमा देख्न पाईने अर्थात पाउँदै नपाउँने भएकोले अर्को साथीले पनि थपी दिनु भो- लाईक लाईक । यसरी उनी म प्रति अतिनै नजिक हुन चाहन्छिन । आज मात्र हैन । हिजो मात्र हैन । सम्झदै साथीहरुसँग मेरो लञ्च सिद्दियो । मिटिङ शुरु भयो "कञ्चन साहित्य पाक्षीक" को बारेमा । जुन साहित्यिक पत्रिका मेरो सम्पादकत्वमा यहाँ स्थित बगदादबाट प्रकाशन गरीईदै छ । नेपाली बिक्रम संबत् अनुसार हरेक महिनाको १ र १५ गते प्रकाशन गरिने भएकोले दोश्रो अंक भर्खरै २ दिन अघी मात्र १५ गते प्रकाशित थियो । जवानीको बल बिसाउने ठाउँ अथवा खुलामरुपको बेष्यालयहरुबाट एक दमै बञ्चित हुनु पर्छ यहाँ । नत्र त्यही दिन झोला झाम्टा बोकाएर घरको लागि टिकेट कटाई दिन्छ कम्पनिले । तैपनी जुन कुरोको अभाब छ त्यही चाहिन्छ हामीलाई । त्यसैले पनि होला एक जना साथीले कुरो त्यसै तिर मोड्नु भो । मेरो पनि कहाँ स्टोन को हर्ट त होर ? तैपनी म अली स्ट्रिक स्वभाबको मान्छे ! अहिले सम्म हाम्रो कञ्चन साहित्य पत्रिका विश्वमा सम्भवत: १००० जना जती पाठक तथा साहित्य प्रेमी मित्रहरुले पढ्दै हुनुहुन्छ । यसमा अझ जोडदारका साथ लागि परी धेरै भन्दा धेरै विश्वमा छरिएर रहनु भएका साहित्यनुरागी मित्रहरुलाई हाम्रो कञ्चन साहित्यको ई-मेल आई डी: kanchansahitya@gmail.com दिएर लेख रचनाहरु संकलन गरी प्रकाशनमा ल्याई साहित्यिक हातेमालो गर्ने निर्णयको निस्कर्ष गरी १२:०० बजे मिटिङ सकियो ।
..........११:०० देखी १३:०० बजे सम्म लञ्च ब्रेक हो । जसमा ३० मिनेट लञ्च र ३० मिनेट मिटिङ अब १ घण्टा बाँकी । यो १ घण्टाको समयमा हितैशी साथीहरु नबिन गुरुङ, हर्क मगर, कृष्ण ढुंगाना, प्रताप तमाङ, केशर याक्खा लगायत ग्रुपिङ चेश खेलियो । प्रमुख खेलाडी म र नबिन जी थियौ तर अन्य साथीहरुले झुक्याएर मेरो मन्त्रीलाई हारा-बरा पारी दिए । अहिले हाम्रो नेपालको वर्तमान प्रधानमन्त्री प्रचण्डलाई झै । मैले गेममा हात उठाईन । १३:०० बज्यो । डिउटी शुरु भयो । अब यसै गरी साँझको १८:०० बजे सम्म डिउटी समय । भन्नाले प्रत्येक दिन १२ घण्डा । बेलुकी सम्मको समयावधी भरी फेरी च्याट्मा थुप्रै साथीहरुको सकारात्मक सोच र बधाई पनि पाइयो, कञ्चन साहित्यको प्रगति र प्रकाशनको लागि । गर्वको अनुभुती गराउनु भो ! वहाँहरु हुनुहुन्थियो- साउदीबाट बि.जे. बान्तवा, अल-असाद इराकबाट देबेन्द्र राई, डि-१६ कल्सु इराकबाट अमर लिम्बु, काठमाण्डौबाट निराजन बतास र संगिता राई लगायत अन्य थुप्रै साथीहरु पनि । १८:०० बज्यो, साँझ परेछ । डिउटी सकियो । पुन: अफिशको गेटमा पर्खेर रहेको तयारी गाडी चढी रेसिडेन्ट क्यम्प १८:२० मा पुगियो । अनी आज त महिना भरिको दु:खको कमाईको, बैंकको लागि पिन नंम्बर दिने हो कम्पनिले । त्यो नंम्बर लिएर फोन गरे घर तिर । ॠषिव गर्नु भएन । साह्रै निराश हुँदै सावर गए अनी बाथिङ् गरेर खाना खानको लागि मेश गए । तत्-पश्चात साथीहरु लगायत अन्य नौला साथीहरुसँग संगै खान खाएर रूममा आए । के गर्ने ? जहाँ गए जे गरे पनि नेपाली तन र नेपाली मन नै प्यारो लाग्दो रहेछ । हरेक बिहानीपख र साँझपख सुत्ने र उठ्ने बेलामा याद उस्तै आई रहने सार-साथीभाइ, आफ्नो परिवार र आफ्नो जन्मभूमि नेपालको । त्यसैले पनि अब सिडी डेगमा नेपाली गाना लागाउँछु । सोचे । दिदै गरेको टिभीको च्यानललाई मोडी नेपाली सिडी लगाए । "हे माया मिठो.. आहै माया मिठो" बोलको गीत सुन्दै २१:१५ बजे बिस्तारमा ढल्के ।
.
(ओझेल पर्न मनले नमानेर यो मेरो एक दिनको दैनिकीको साथ तपाईं साथीहरु माझ उपस्थित हुने प्रयास मात्र गरेको हुँ । पढेर समय वेष्ट भएकोमा साथी सम्झी क्षमा दिनुहोला । अन्यथा, लागेमा तपाईको रि-साईकल बिनबाट डिलिट गरी दिनु होला । हा .. हा .. हा .. )
.

4 comments:

Dilip Acharya said...

यो पोष्टका केहि केहि ठाउँमा १-२ लाईन अलिकता फेरबदल गर्दा सबैको राम कहानी करिब करीब यस्तै यस्तै होला ।

तपाईको दैनिकी हामि सबैको पनि औसत दैनिकी नै हो, तर चिडीयाखाना नै त अली भारी भयो कि ?

Unknown said...

Good job Arjun jee, aafno dainiki marfat kanchan saahityako add dnibhaeko maa, kanchana saahityako utaarottar pragatiko kamanaa garadachhu.

Thank you.

Arjun Dungmen said...

धेरै-धेरै धन्यवाद !
दिलिप जी र बि.जे. जी लाई ।
सुझाब, सल्लाह, सद्भाब र मित्रवत भावनाका साथ आफ्ना कमेन्ट राखी दिनु भएकोमा ।

दूर्जेय चेतना said...

जस्तो लाग्यो त्यसतै राख्नु भयो। हामि सबैको दैनिकी शायद यस्तै छ। तर गजब पाराले लेख्नु हुदो रहेछ, मन पर्‍यो।