Wednesday, March 11, 2009

गजल

- जिन्दगी
Blank space
किसानले कुलेशो खनेको, कुलो सरी भयो जिन्दगी ।
लौ न रजनी कुलो यो शुक्यो, धुलो सरी भयो जिन्दगी ।
Blank space
बग्न खोज्छ कुलेशो बिना, लछारियो तल छाँगा बनी
पसारियो छाँगा मुनी, मृत शब सरी भयो जिन्दगी ।
Blank space
छहराका छाल सँगै बौढिन खोज्छ, मृत शब पनि
बगी दियो आर्यघाट तिरै, चिता सरी भयो जिन्दगी ।
Blank space
थाँती रह्यो कल्पनाका महलहरु, पुरा गर्न पनि
चिता जल्यो, शब सिद्दियो, खरानी सरी भयो जिन्दगी ।
Blank space
किसानले कुलेशो खनेको, कुलो सरी भयो जिन्दगी ।
लौ न रजनी कुलो यो शुक्यो, धुलो सरी भयो जिन्दगी ।
Blank space

No comments: