Sunday, March 8, 2009

ईन्टरनेटले सानो भयो दुनियाँ !

हुन त सबै मान्छे एकै स्वभाबको हुँदैन । समयनुसार मोड पनि फरक-फरक हुन्छ । मानशिक तनाब भएको बेलामा झर्को मान्नु, रिस उठ्नु र फ्रेश मोड भएको अवस्थामा खुलेर बोल्नु त स्वाभाबिकै हो । बिशेष यहाँ मैले भन्न खोजेको चाँही ईन्टेरनेटको बोली । करीब यही गत असोज महिना तिरको कुरो हो । एकजना संखुवासभाकी कबिता बहिनी अर, साथी थिईन । मेरो बि.बि.यस पढ्दाको क्लासमेट । एउटा ई-मेल आई डि कता बाट मेरो मेल अड्रेसमा नोट भयो त्यो बिर्षे मैले पनि । न त मैले नै एड गरेको थिए, न त एड रिक्वोइष्ट गरीएको थियो । एनी वे, त्यो आई डि कबिता नाम बाट बनेको छ । यहाँ मैले उल्लेख गरिन । उनी संग मैले त्यही साथी-साथीको सदभाबले नै करिब २ पटक जती बोले । उनले पछी आएर भनिन- म तिमीले सोचेको कबिता हुँईन । तिमी भ्रममा छौ । अनी मलाई पनि सो ब्यक्तीलाई चिन्ने जिज्ञासा त लाग्ने नै भयो । मैले सोधे उसो भए को हुनुहुन्छ त हजुर? अहँ म आज बिजी छु भोली भनुँला है, बाई । जवाफ यस्तै आयो । धेरै निराश । ४/५ दिन पछाडि आईन । अब दुबै जनाले वास्तबिक यथार्थता बताउने सर्त-बन्ध गरेर मैले शुरु गरे, बाताए । लगभग डेढ घण्टा जतिको कुरो भयो । फेरी ए ! ल मैले यु लाई चिने ! भोली पर्शी भनुँला । नरिसाउ है, मलाई हतार छ । म जान्छु आज, भन्दै साईन आउट । मेरो जिज्ञासा; जिज्ञासामै सिमित भयो । फेरी त्यती गरी सके पछी त नसम्झनु नि । हाइ फायभ रेक्वोएष्ट पठाउन छाददैन । दु:ख र टेनशनको कुरो पर्‍यो यहाँ अब । यसैगरी, ११-डिसेम्बर-०८ अर्थात ०६५-मंशिर-२६ गतेको दिन यो ईन्विजिबल बोली च्याटको कुरो गराईले गर्दा मेरो अती सह-ह्रिदयी साथी पूजा लिम्बु पनि म बाट दुखी भईन । वास्तबमा पूजा नभएर कुनै अन्य थर्ड पर्सन नै हुनु पर्छ भन ठानेर त्यहीनुरुप कुरो गर्दै गए । उनी पनि सदाको भन्दा अली भिन्दैरुपको प्रस्तुती भएको झै महसुश गरे । कोही छोरा मान्छेको झै बोलाइको शैली लाग्यो । उनकै घरमा नेटको सुबिधा भएकोले गर्दा उनको आई डि प्रयोग गरी, उनको कोही दाजु-भाइ होकी भन ठानेर भाइ भनी सम्बोधन गरी बोले । अन्त्यमा आएर उनले भनिन म पूजा नै हुँ । तपाई बिदेशिएर गएपछी यसरी परिवर्तन हुनु भएछ । ठिकै छ । हामी बि.बि.यस दोश्रो बर्षको टिउशन पढ्न ईश्वर सरको मा सँगै-सगै गएको बिर्सनु भो ? यतिबेला म झसँग भए । मलाई यती पश्चाताप । त्यही दिन बेलुकी मैले मेरो अफिस टायम सकेर कोठा पुगी पहिले पूजालाई नै फोनकल गरे, नभन्दै लाग्यो पनि । मैले सरी भने र क्षमा मागे । उनले भनिन मैले त आई डि नै डिलेट गरी सके यो पुन एड गर्ने वाला छैन । यसरी रिसाइन । ताकी उनी मेरो एक अभिन्न मित्रभाब भएर पनि दाजु र बहिनिको साईनो जोडीएको मित्रता थियो त्यो हाल सम्म पु:न जोडीन सकेको छैन । मलाई त्यस्तो कुनै बिदेशिएर खुशी र हर्षउल्लासको भान पनि छैन । आफ्नो साथी-भाइ, घर परिवार छाडेर बिदेश जान कोही पनि शायदै रुचाउदैनन । यो भनेको बिदेशिनेहरुको बाध्यता र परिस्तिथी हो । बरु पूजा जस्तो एक अभिन्न साथी म बाट टाढा भई दिदा मेरो केही न कुछ गुमेको छ । पूजा, मेरो यो मेरो भावना बुझेर पनि कुनै दिन दाई भनी फेरी हाम्रो पुरानो मित्रतालाई निरन्तरता दिने छिन भन्ने झिनो आशा बोकेको छु । मलाई आज फेरी पश्चाताप लागिरहेको छ । एक जना "पवित्रा राई" नाम डिश्प्ले हुने आई डि बाट कसैको एड रिक्वोइष्ट आयो करिब १५ दिन अगाडि । मैले पनि "एसेप्ट" गरे । हाइ भन्नै पर्‍यो । जवाफ आएन । २/४ दिन पछी फेरी अनलाइन । फेरी चिन्न जिज्ञासा त हुन्छ नै र परिचित बन्न पनि । हाइ भने जवाफ आएन । अन्तिम कुरो आस्ति ६-मार्च, फाल्गुन-२४ गतेको हो । हाइ भने, बल्ल-बल्ल जवाफ आयो हाइ । त्यसपछी हाम्रो साधारण संबाद भयो, तर झगडाको संबाद ! र त्यो ब्यक्ती पवित्रा हो वा जो कोही थियो । त्यो थाहा भएन । यसै क्रममा मैले धेरै अनुरोध गरे, आफ्नो परिचय दिनुस् न प्लिज । "बिस्तारै चिनीहाल्नु हुन्छनी ! किन हतार गर्नुहुन्छ ?" जवाफ आउँछ । मैले भने- मलाई चिन्नु हुन्छ हजुरले ? चिन्छु उत्तर आउँछ । ल भन्नुस् न त हजुर को हुनुहुन्छ ? म "अज्नबी" हो । प्रतिउत्तर गरे- अज्न्बी !? भन्छ- अँ म अज्नबी । मलाई त पत्तै भएन यो "अज्नबी" भनेको हिन्दी भाषामा "अपरिचित" भनेको रहेछ । यो पनि मेरो एक जना साथीले "वो अज्नबी" बोलको गीत आज सेन्ड गरी दिनु भो । हत्त न पत्त मैले अर्थ जान्ने कोशीस गरे । नजिकै को स्टाफ साथीले बताउनु भो । अनी, मेरो जिज्ञासालाई नकार्दै म भोली भन्छु, भन्छ । मेल हो कि फिमेल हो त्यो पनि मलाई थाहा भएन । या त दिमाग चाट्न खोजेको । मेरो पहिले नै धेरै यस्ता ईन्टरनेटका घटनाहरु थिए । अब मलाई पनि रिश उठे झै भयो । पारो ततियो । भोलि-सोली मलाई भन्नु पर्दैन । तिमी मान्छे काँतर रहेछौ । ए ! मलाई एउटी बदमास केटी सम्झनु भा? भनेर उल्टै भन्छ । उत्तर दिनै पर्‍यो- तिमी गतिली हौ, तिम्रो व्यबहारले बताई सक्यो, तिमीलाई चिन्न नि जरुरत छैन यदी साथी भनेर हात मिलाउन आउछौ भने ठिकै छ, म तयार छु । फेरी उसले नि भन्छ- म पनि तयार छु । पछाडि भन्दै थिईन- म पवित्रा नै हुँ । ढाँटेकी हुँईन । पत्त्यार लागेन ? मैले नि भने- मलाई पत्त्यार लाग्नु वा तिमीलाई चिन्नु नि अब कुनै सरोकारको बिषयबस्तु छैन । तिमी सँग धेरै डिष्कष्ट गर्नु नि छैन मलाई । मलाई चिन्छु त भन्यौ शुरुमै यदी अरु चिन्न चाहन्छौ भने मेरो प्रोफाईल नै देखाइ दिउला ओके बाइ । यतिकैमा उताबाट उत्तर आयो- म पनि चिन्ने कोशीस गर्छु तर ईन्डाइरेक्ट्ली ! अझै !! "यो यथार्थ घटना र यो ब्लगको यथार्थ लेखले सम्बन्धित ब्यक्ती माथि असर पर्न गएमा क्षमाप्रार्थी छु । क्षमा दिन नमिलेमा हाम्रो संबाद मसँग सुरक्षित छ ।"

त्यसैले, यो अत्याधुनिक संचार-प्रबिधीको दुनियाँमा इ-मेल इन्टरनेटले विश्वलाई नै सानो बनाएको छ । ताकी विश्वका कुनै कुना-काप्चामा रहेका आफन्त, चिनजानका साथी-भाइसँग समयको सेकेण्ड-सेकेण्ड भित्रमा आफ्ना बिचारहरु सेयर गरिन्छ । यो अतिनै भरपर्दो, विश्वासिलो, छिटो र चमत्कारी र उपयोगी प्रबिधी । त, कुनै बेला समय वेष्टेज र मानशिक हानी पनि ।

No comments: