Saturday, March 14, 2009

कविता

"प्यासी हृदयहरु !"
blank space
तिनै हुन बाटाहरु
तिनै उकाली, ओरालीहरु
तिनै हुन झरनाहरु
तिनै सल्लेरीका सल्लाहरु
तिमी त्यही थियौ
जहाँ म अनी तिमी
थाहा थियो
ईर्ष्या गर्दै थिए
रमितेका वर पीपलहरु
blank space
सबै खुशी होलान
देखेर यो हाम्रो पिडाहरु
छुट्टीनु हाम्रो बिबशता
दिशा परिवर्तनका यात्राहरु
त्यही गोधुली साँझ
समाएकी थियौ तिमीले यि मेरा हातहरु
गरेकै त हुँ मैले पनि प्रतिग्याका बातहरु
blank space
तर आखिर आज किन?
बाध्यता नै रहेछ हाम्रो मायाको कशी
किन होला हे दैब ! यस्तो सजाय,
बिताउनु पर्ने दिनहरु तिमी बिनाको
उजाड मरुभूमि यो संसारमा बसी
यता हेर्‍यो, उता फर्क्यो
उजाड बाह्रमासे खडेरी सरी
कहिले काँही त तिम्रा नयनमा रसाउदै होलान
बोकी मिर्मिरेका सितका थोपा गहभरी-भरी
बारुली लाग्दो होला,
अनी, पिउछौ पानी उही शितका थोपा सरी
कहालिन्छौ होला,
एकलै, एकान्त अनी दोबाटोमा परी
तिमी नढाँटिकन भन,
खोज्दै होलान मलाई तिम्रा प्यासी हृदयहरु
खोली स्वागतद्वार बोकी पुष्प गुच्छाहरु
त्यसै गरी यि मेरा प्यासी हृदय भौतारिएर
भात्काउदैछन ति हामी बिचका बारहरु
हाम फाली नाघ्न खोज्छन
झस्किएरखाली पैतालाले ति काँडे तारहरु
blank space
तिमी बिनाको यो रित्तो जिन्दगी
जहाँ गएपनी भिज्दैन रस
गन्दै ति दिन, हेर्दै ति दोबाटाहरु
घमाईलो त्यो आँगनीमा पर्खि बस ।
blank space

1 comment:

Unknown said...

यस्तै हो अर्जुन जी सबै लाई नै यो महसुस हुन्छ, किनकी परदेश लागे पछि चिन्ता नगर्नुहोस अबस्य तपाईकी मायालुले पर्खीरहेकि हुन सक्छिन तपाईको कबिता जस्तै,,, धेरै राम्रो लाग्यो कसैको सम्झनामा बगेर कोरेको यो कबिता।