Saturday, February 14, 2009

गजल

- कसम किन खानु ?
देवी-देउरालीको कसम किन खानु? बोलेका बचनहरु भुल्या छै'न ।
भौतिक शरीर टाढा भएपनि, मनको डेरा कतै सार्र्या छै'न ।

चोखो माया त दिन नचाहेको होइन, उपहास गरिदिएपनी
मायालाई गरीबी र धनीको तराजुमा जोखी, दाममा साट्या छै'न ।

काँडै-काँडा बिज्यो होला, फूलै-फूलले सजाई दिन खोज्दा
फूलै दिइ कालो मनको पाप पखाल्नलाई, आँशु झार्र्या छै'न ।

प्रेमको मखुन्डो ओढी, कयौ लाल्छनामा अभियुक्त बनाएपनि
स्वच्छ प्रेमको बलत्कार गरी, हत्या गर्र्या छै'न ।

किनारामा हैन गहिराइमा डुबी त हेर, भुमरीमा अतालिएपनी
यो बाँझो मनको पाखा-पखेरामा, आशा अझै रित्या छै'न ।

देवी-देउरालीको कसम किन खानु? बोलेका बचनहरु भुल्या छै'न
भौतिक शरीर टाढा भएपनि, मनको डेरा कतै सार्र्या छै'न ।

No comments: