'भ्यालेन्टाईन डे'
'भ्यालेन्टाईन डे' प्रत्येक वर्षको फेब्रुअरी-१४, प्रेमी-प्रेमीकाहरुको लागि गौरवमय दिन हो। माया पिरतीको भाव आपसमा ब्यक्त गर्नको निम्ति आफ्नो प्रेमी वा प्रेमीकालाई मन पर्ने कुनै पनि त्यस्तो चिज (सजावटका वस्तु-फूलका पुष्पगुच्चा वा कलम, पुस्तक, डायरी, स्वास्थ्य सुन्दरता 'मेकअप' मा प्रयोग गरिने सामाग्रीहरु, अथवा ग्रिटिङ् कार्ड) उपहार दिने या पठाउने चलन चली आएको छ। उक्त कार्डलाई भ्यालेन्टाईन्ज पनि भन्ने गरिन्छ। जुन कार्डको डिजाईन (बनावट) मायाको चित्रण गर्ने मुटुसंग तालमेल मिलेको हुन्छ। तेश्रो शताब्दीका 'रोमन मार्टियर्स' र 'भ्यालेन्टाईन' ले फेब्रुअरी-१४ को दिनलाई मिलनको दिन बनाए देखी नियमितरुप पाएको यो प्रेम पर्व 'भयालेन्टाईन डे' हो।
श्रोत: New Encyclopedia @ World Almanac Education Group.
मायाको गहिराईमा:
१८८ मिलियन भ्यालेन्टाईन डे कार्डहरु बार्षिकरुपमा साटासाट (पाउने र पठाउने) गरिन्छ। भ्यालेन्टाईनको दिन मनाउनको लागि ग्रिटिङ् कार्ड दिने दोश्रो महत्वपूर्ण लोकप्रिय अवसर हो।
श्रोत: Hallmark Research.
यसैगरी; आज फेब्रुअरी-१४, 'भ्यालेन्टाईन डे' को दिन। सोझो अर्थमा हेर्दा प्रेमी-प्रेमीकाको मायालु भाव साट्ने वा माया शुरुवात गर्ने दिन। तर; आज मेरो कुरो गर्ने हो भने- चाहेर वा नचाहेर जो कोही प्रेमी-प्रेमीकाले झैं माया-पिरतीको चिनो, कुनै त्यस्तो उपहार सामाग्री, कार्ड दिएर अर्थात लिएर जो कोहीसंग साट्ने अवसर मिल्न सकेन। त्यसैले बरु; यहाँ एउटा निराशावादी बियोगान्त गजल पस्कन चाहन्छु।
गजल
"अञ्जानमा पिएँ होला ...!"
प्रेम एउटा नशा थियो, अञ्जानमा पिएँ होला,
मात लागि मुटु फुट्दा, बेहोसीमा सिएँ होला।
अब पिरती नै साधुबाद! पर्दैन माया मलाई,
बैश बिताएँ एक्लै, कती भोको थिएँ होला।
फिर्ता लिनदिन नमिल्ने, तर दरभाउ तोकींदा,
अरुको भने धरौटी मैले भने, सित्तै दिएँ होला।
पाउने आशैआशमा, जोवन मरुभूमि बनीदिंदा,
खडेरीको दुबो सरी, पहेंलीएर जिएँ होला।
अब भो मनाउँनु छैन, भ्यालेन्टाईन डे पनि !
पिरतीमा बिरक्तिएर, हाडछाला नै खिएँ होला।
पिरतीमा बिरक्तिएर, म अर्जुन नै खिएँ होला।।
प्रिय ब्लगर मित्रहरु!
तथा
मेरो ब्लग भिजिट गरेर सकारात्मक या त नकारात्मक अनी धेरै भन्दा धेरै हौशलापूर्ण सुझाब-सल्लाहयुक्त कृया-प्रतिकृया दिनु हुने समग्र सबैमा स-प्रेम भावनाका साथ मित्रताको कुरोहरु साट्दै सबैमा सुमधुर सम्झना ब्यक्त गर्न चाहन्छु। किनकी, कसैले प्रेम वा नयाँ जीवन शुरुवात गरेको हुनाले त्यही दिन देखी भ्यालेन्टाईन डे को नियमित चलन रही आयो। भने, मैले पनि ब्लगर मित्रहरुसंग बिगतको वर्षको हो यही दिन देखी मेरो ब्लगको शुरु गरी ब्लगिङ् मित्रतामा सामेल भएको थिए। त्यसैले यो मेरो ब्लगको पहिलो बार्षिकउत्सवको दिन हो। जसमा मेरो यो ब्लगको जन्मको पहिलो वर्ष भरीमा कमसेकम एक न एक सुझाब-सल्लाह एबंम सकारात्मक प्रतिकृयाहरु दिनु हुने मित्रहरु हुनुहुन्छ- बिजे बान्तावा-भोजपुर, जीवन शाक्य-जापन, दिलिप आचार्य, प्रल्हाद तिम्सिना, तारा चेम्जोङ्-सिङ्गापुर, दिपक जडीत, दूर्येज चेतना, निशा लिम्बु-झापा, बिनोद दाहाल-बेल्जियम, निशा गुरुङ्-ईजरायल, गोपाल सिवकोटी-ईजरायल, किरण शर्मा-काठमाण्डु, योगेन्द्र गिरी-मलेशिया, रकमध्वज राई-कतार, बसन्त श्रेष्ठ-दुवई, बिनय शाह 'कुटो'-हंङ्कङ्, पवित्रा कुलुङ-काठमाण्डु, टंक कार्की-काठमाण्डु, निराजन बतास-काठमाण्डु, खगेन्द्र कार्की-बलाद, इराक, हाल-काठमाण्डु, राजन चाम्लिङ्-काठमाण्डु, हेमराज राई-काठमाण्डु, अमर लिम्बु-कल्शु, इराक, बमजन गुरुङ-बगदाद, अर्जुन थापा-बगदाद, केशर याख्खा-बगदाद ।
साथै यो भन्दा अन्य, मेरो मेमोरी कार्डले नोट गर्न नसकेर धेरै भन्दा धेरै मित्रहरुलाई मैले छुटाएको पनि महशुस गरेको छु। अब यहाँनेर मैले उल्लेख गर्न सकेको वा नसकेको सम्पूर्ण ब्यक्तित्वहरुमा मेरो ब्लग भिजिट गरेर आफ्नो सुझाब तथा कृया-प्रतिकृयाहरु एबंम हौशला प्रदानका साथ मित्रतामा निरन्तरता दिनु भएकोमा भित्री हृदय देखी नै हार्दिक आभार ब्यक्त गर्दै धेरै-धेरै धन्यवाद दिन चाहन्छु।
मेरो बिबिध परिस्थितीले गर्दा अपडेट गर्न नसकेको अवस्थामा अपडेट गर्न सहयोग गर्ने मेरो सह-हृदयी मित्रहरु हुनुहुन्छ:-
१. बिजे बान्तावा http://bhojpures.blogspot.com/
२. प्रल्हाद तिम्सिना http://www.nijgadh.com/
म यहाँहरुले गर्नु भएको सहयोगको सदैब कदर गर्दछु। साथै, उक्त सहयोगको लागि हृदय देखिनै धन्यवाद दिन चाहन्छु।
आज प्रेमी-प्रेमीका अथवा युगल दम्पतीहरुको खुशीको दिन 'भ्यालेन्टाईन डे' को दिन भएपनी आफ्नो अती अमूल्य समय खर्च गरेर मेरो ब्लग भिजिट गरी ब्लगको बार्षिकउत्सवमा सहभागी भई दिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद। यहाँको दिन शुभ अनी मंगल रहोस्। साथै, यहाँको जिन्दगी सदा-सदा पिरतीमय बनोस्। शुभ-दिन !
No comments:
Post a Comment