Monday, August 17, 2009

म हराएँ धेरै दिन, यहाँहरुको माझ बाट। माफ गर्नुस् ह !

प्रिय साथीहरु,
सम्पूर्ण सबैमा नमस्कार। जिन्दगीका भोगाईहरुमा यस्तो पनि हुँदो रहेछ, ताकी म यहाँहरुबाट टाढिन नचाहँदा-नचाहँदै पनि धेरै दिन सम्म अज्ञात झै ओझेलिएर बसें। हुनको लागि यहाँहरुलाई म त्यस्तो बौदिक, शैक्षिक, समसामयिक, मनोरञ्जनात्मक एबंम् व्याबहारिक ज्ञानगुणका कुरोहरु त के नै शेयर गर्न सक्थे होला र! तापनी मित्रताको निरन्तरता भने दिन चाहन्थे र सदा-सदा चाहन्छु पनि। तर, मसँग मेरो अफिस आओर भरी दैनिक १२ घण्टा इन्टरनेट एक्सेस हुँदा-हुँदै पनि 'ब्लगर डट्कम' मा परेको प्राबिधिक समस्याले गर्दा आफ्नो ब्लग अपडेट गर्न नपाएर तपाईंहरुबाट टाढा रहें झै लागेकोले ‘जहाँ समस्या त्यहाँ समाधान’ भने झै समस्याको हल गर्ने क्रममा: “nijgadh.com” अर्थात “hamronijgadh.blogspot.com” का सञ्चालक मित्र (भाइ, प्रल्हाद शर्मा, काठमाण्डौ) मार्फत तपाईंहरुसँगै छु है भन्दै सानो 'गीती गजल' लिएर आएको छु।आशा छ, तपाईंहरुको आफ्नो अमूल्य सुझाब-सल्लाह स्वरुप कमेन्ट गर्दै मेरो मित्रवत भेट स्विकार गरिदिनु हुनेछ। साथै उक्त 'ब्लगर' को समस्याले मेरो खुराकहरु बेला-बेलामा पस्कन नसकेपनी मैले प्राय: तपाईंहरु सबैको ब्लग र त्यहाँ भित्र बाँट्नु भएका खुराकहरु सधैं हेरी नै रहेको छु। बिभिन्न ज्ञानगुणका साथ यो हेर्ने मौका दिनु भएकोमा समग्र सबै साथीहरुलाई धन्यवाद!


"गीती गजल"
“सपना”

मनमुटु जोडी मैले माया लाएँ तिमीसँग
संगै बाँचु-मरुँ भन्दै गीत गाएँ तिमीसँग

रमायौ तिमी मेरो संगीत्मा पाउँदा मलाई
उसैबेला दिलको कसम खाएँ तिमीसँग

धरानको बजारमा ईन्द्रेणी झै रुप तिम्रो
रमाई-रमाई चुम्न भनी आएँ तिमीसँग

सोभा तिम्रो बाह्रमासे फूल् हौकी आकाशकी जुन्
जीवन् मा प्रकाशको आस् बोकी छाएँ तिमीसँग

जब निद्रामा ब्यूझेछु तिमी ओझेलिन पुग्यौ
सपना नै रहेछौ यथार्थ पाएँ तिमीसँग।

2 comments:

Unknown said...

wow fantastic gajal dungmen jee,

purbaki raani dharaan nagariko ta kurai nagarau sabailaai mohani lagaaiidine ra pani ajha maayaa sangako kuraa ta jhanai sunamaa sugandhai bhai haalyo ni mitra.
lahai badhai ramro gajalako laagi.

दूर्जेय चेतना said...

लौ तपाई आउनु भो खुसीलाग्यो। तपाईको गजलको त कुरै नगरौ। सुन्दर ।। अति सुन्दर