Tuesday, March 31, 2009

मरुभूमिको बिरुवा

जीवनशैली त्यस्तो होस, मनमा चिन्ता र हृदयका हरेक प्यास चाँही टाढै होस । सायपत्री, गोदावरी अनी मखमली फूलको सेरोफेरोले सुगन्धित । शितको थोपाले पखालिएको झै स्वच्छ जीवन । केहीबेर अगाडी मात्र आकाशमा मडारीएको कालो बादलको साथमा बर्षेको गड-गडाहट बर्षा पछी उग्रेको धर्ति जस्तो सुन्दर प्यारो जन्मभूमी नेपाल आमाको साथमा सदाको बास । तर अहिले नचाहेर पनी आज म प्रबाशी छु । आमा बिरामीको कारणले काम गरेर म नाबालक छोरो लाई टाल्-टुल गर्न सक्नुहुन्न । वहाँको दु:खाइलाई उपचार गर्ने मेरो दाईत्व । मेरो जिन्दगी समाल्ने मेरो काँधमा जिम्मेवारी । एक मुट्ठी श्वास र शुभ-प्रभातकालिन उज्यालो किरणको आश, यहाँ मसँग छ केवल । अनेकौ आधुनिक ढाँचा र शैलीका सपनाहरुको जालो बुन्दै अनगिन्ती ईच्छा-आकांक्षाहरु (साहित्य लेखन, गायन, अध्यन, सामाजिक सुधार, पारिवारीक एकता, सामाजिक एकता) लाई थाँती राख्तै गुजारिरहेछु दिनहरु । यि शाह्रा कुरोहरु बाट बञ्चित छु म आज । भनौ, मेरो पहिलो हरफको मान्यता नै थियो कि प्यासी नहोस् आत्मा कहिले पनि । जसानुरुप मेरो परिवार, मेरी दिलकी रानी, सुनका ठोसा र तामाका मुना जस्ता सन्तानहरु एबंम बाल्यकालका क्षण, हितैशी साथीहरु सँग संगै बिताएका भूतकाल अनी मेरो घमाईलो आगनी मातृभूमी नेपाल । यि आदी बाट अतिनै प्यासी छु । काल्पनीक मान्यता पाएको कथा बाल्यबस्थामा एउटा पाठमा पढेको थिए, तिर्खाएको कागले कतै खोल्सा-खाल्सी, पँधेरी, कुवा अनी जंङगल तिर पानी भेटेन । संयोगवस धेरै टाढा क्षितिजमा एउटा घैटो देख्यो र पक्कै पनि त्यहाँ पानी छ भन्ने मनसायले पुग्यो । नभन्दै पानी थियो तर घैटोको पिदमा थोरै मात्रै । के गर्ने अब उपाय त गर्नै पर्‍यो । उसले साना-साना ढुङ्गाका टुक्राहरु बटुलेर घैटो भित्र खसाउदै गायो, पानी माथि आयो, तब उसले पानी पिएर आफ्नो तिर्खा मेटायो । यसैनुरुप आज यो प्रबाशी दुनियाँमा कागले घैटोमा ढुङगो खसाए झै म कञ्चन मरुभूमिको बिरुवा बनी उम्रिरहेछु । ताकी घैटोको पिदको पनि धमिलो भएतापनी माथि ल्याई पिएर तिर्खा मेटाए झै साहित्य, निबन्ध, कथा, लघु कथा, कविता, गीत, गजल, प्रेम-पत्र, प्रेम-कहनी, यात्रा संस्मरण, रमाइलो अनुभब, अबिस्मरणीय क्षण, साहित्यिक पुस्तक बिश्लेशन आदी मार्फत हामी सम्पूर्ण को प्यास मेटाउ । यहि नै हो मेरो उदेश्य । म कञ्चन साहित्य पछीक ।
मेरो ई-मेल ठेगाना: kanchansahitya@gmail.com
.
प्रिय मित्रहरु नमस्कार ।
आगामी १४-अप्रिल, ०९ तदनुसार १-बैशाख, ०६६ का दिन नयाँ वर्षको शुरुवात सँग-सगै शुभ उदय दिनको शुभकामना आदान्-प्रदानका साथमा "कन्चन साहित्य पाक्षिक" साहित्यीक पत्रिकाको बगदाद बाट जन्म अर्थात शुभरम्भ गरी तपाईहरु समाक्ष साहित्यीक भेट गर्ने जमर्को गरेका छौ । जसमा राजनैतिक खुराक भन्दा अन्य जुनसुकै सामाग्री प्रकाशित हुने छन । तसर्थ आफ्नf महत्वपूर्ण सिर्जनाहरु हाम्रो ईमेल ठेगाना (kanchansahitya@gmail.com) मा पठाई हाम्रो कन्चन साहित्यमा हातेमालो गर्नु हुन अनुरोध गर्दछौ ।
- सम्पादक

2 comments:

डीआर न्यौपाने'सूर्य' said...

अर्जुन जी अति राम्रो कामको सुरुवात गर्न लाग्नुभएकोमा धन्यबाद सम्पुर्ण टिमलाई। तपाइहरुको पाइलाले सगमाथाको शिखर चुम्न सफल होस । हाम्रो सहयोग तपाइहरुको लागि सदा सदा हुनेछ ।

Arjun Dungmen said...

सुर्य जी,
तपाईलाई पनि धेरै-धेरै धन्यवाद । साथ र सहयोगको लागि सदा-सदा तत्पर हुने प्रतिज्ञा गर्नु भएकोमा पुन: धन्यवाद ।