सानी-सानी पुतली, भन्ने गर्थिन सुन्तली । वारी-पारी हिमाल अनी छाँगा र छहरा, यता हेरो उता हेरो सबै सुन्दर हरा-भरा । अस्ताउने र उदाउने गर्छ सूर्यका किरणसरी डाँडा अनी पाखा, उही प्रभातकालिन समयसरी गीत गाउँछन कोइलीका आ-आफ्नै भाखा । माथि-माथी लेकैमा खर्क र चौरी गोठ, पुतलीका रंगिन सरी चम्कन्छन मधेश र भोट । त्यही सुन्दर नेपालको भूमिको भोट र मधेशको बिचमा जन्मेको एक पहाडे मूलको पहाडे (गोर्खाली) नेपालीको छोरो । गरीबीको तलाउमा नुहाइ-दुहाई गरी, मकैको ढोड र बासको राँकोबाट बिजुली बत्ती उत्पादन गरी, फुसको छानोको झुपडीको बास । पारिवारिक सदस्यहरुको हकमा सबै भन्दा कान्छो सदस्य । दाजु-भाइ, दिदी-बहिनीहरुको सबै जनाको विवाह गरिसक्नु भयो । यो दुनियाँको रीति नै हो । अब मेरो बाँकी थियो । सबै सर-साथी भाइ, छर-छिमेक र घर-परिवारको अनुरोधलाई अस्विकार गर्दै केही बर्ष ढिलो गरी पछी त गर्नु नै बाध्यता पर्यो । उनी धेरै हद सम्म मिजासिली, हँसिली र सिक्षित छिन । साक्षर नारी हुन उनी । पहिले-पहिले गाउँ-घरमा बुढा-पाका हजुरबा हजुरमाले भन्ने गर्नु हुन्थियो रे "पढी गुनी के काम, हलो जोती माम" तर अहिले मलाई लाग्छ "हलो जोती फल्दैन धान, सिक्षित भयो भने यता फर्क्यो काम, उता फर्क्यो दाम" । यो दाम भयो भने संसार पाइदो रहेछ । माया पाइदो रहेछ । बाजी जितिदो रहेछ । हरेक सफलता मिल्दो रहेछ । यधपी, आफूले पनि त्यती धेरै शिक्षा हासिल गर्न नि सकिन, अब काम र दाम त कसरी कमाउने? हुनको लागि शिक्षा र रोजगारी त नेपालमा अभाब भएकै कुरो हो । समाजसेवा र साधारण जीवन । "संयोग" मेरो सन्तान । उसलाई हुर्काएर, पढाएर ठूलो मान्छे बनाउने सपना र कल्पना त थियो म सँग । यती सोच्ता-सोच्तै मेरो छोरोले पनि बाबा,,बाबा ~~ अब म कहिले देखी स्कूल जाने हो ? भन्न थाल्यो । म झसंग भएछु । म एकै पटक सम्झन पुगे अब म बैदेशिक रोजगारीको लागि बिदेश जान्छु । मेरी जन्मदाता आमा सत्तरीको हारा-हारी बुढेसकाल उमेर । कसरी म भनुँ म अब छाडेर बिदेश जान्छु ! तैपनी परीस्तिथी र बाध्यतालाई संगालेर एक दिन बिदेशिने नजिकैको दिन त मैले भने, आमा म बिदेश जादैछु । धेरै पैसा कमाएर ल्याउँछु । त्यसपछी म सबै जनालाई हाँसीखुसी साथ पाल्छु । आमाको मन हो, छोरोले नगरोस भन्ने कहिले हुँदैन । दुबै आँखाबाट तरक्क आशुँ झार्दै भन्नु भयो- "म डाँडा पारीको जुन र घाम झै हुँ, देश-बिदेश घुम्नु, नाम-दाम कमाउनु, घर-परिवार नभूल्नु, चाँडै घर फर्की आउनु, ल ठिकै छ जा बाबु ! तेरो भबिष्य सु:खी होस ।" उता, मेरी हृदयकी रानी, दिलकी खानी, मेरो झुपडीकी बत्ती, भर्खर टीनएज नाघेर परीपक्क अनी भरीभराउ उमेर । सुँघा र कोइलीको झै बानी र बोली । मुनामदन को शैलीमा भनिन्-
blank space
मुना: नछोडी जानुस हे मेरा प्यारा ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई,
ननिभ्ने गरी विरह जलाई,
लोचनका तारा हे मेरा प्यारा ! यो ज्योति बिलाए,
के भनुँ? भन्ने म केही थिईन बिष नै पिलाए,
प्यारा ! बिष नै पिलाए !
blank space
मदन: हे मेरी मुना ! नभन त्यसो, जुनामा फुलेकी,
फर्कन्छु फेरी म चाँडै भन्ने किन हो भूलेकी ?
म बिसै दिन बसुँला ह्वालाशा, बाटमा बिसै दिन
चखेवा फेरी आउँछ उडी बिहान कुनै दिन,
प्यारी ! भेटको बडा दिन !
blank space
One Tab एनी वे, त्यो कुनै भेटको बडा दिन लाई कल्पना कल्पित गर्दै मेरो यो बैदेशिक भूमिमा जीवन यापन गर्दैछु । प्रतिदिनको १२ घण्टा डयुटी । चबिसै घण्टा सम्झना । बेलुकी थकित भयो अनी कोठा पुग्यो । सावर गयो । नुहाई-दुहाई अनी खाना खाएर एक छिन उनैलाई फोन ट्राई । लाग्दैन । निराश अनी बेडमा बसेर टेलिभिजन अन । नेपाल र दुबइ-साउदी तिर बाट पार्सियल मगाएको नेपाली कालेक्शन सि.डी. डेगमा । भरदिन अफिस र इन्टरनेटमा डाउनलोड गरी प्रिन्ट गरेको पत्र-पत्रीका छरपष्ट बेडमा । उता सुन्दैछु, सम्भु राई, आभा मुकारुम, सत्यकला राई, सिन्धु मल्ल, राजेश पायल लगायतका सुरिला माया प्रेमी भाबका गीतहरु । ए ! शुक्मित गुरुङ अझै गाँउदै रहेछिन-
blank space
"ज्यानको बाजी राखेर नजाउ बिदेश
यो रमाइलो गाउँ घर उजाड परेर,
मेरो हजुर ... मेरो हजुर ~~
मिठो मानी खाउ यही गिठ्ठा भ्याकुर ।"
blank space
One Tab सम्झन पुगे, मैले प्रथम पटक मेरी मुनालाई म बिदेश आउने योजनाका कुरा सुनाउदा उनले मेरो यो छातीमा अडेश लागेर, गहभरी आँशुका तलाउ बनाई, सुम्-सुम्याउदै यस्तै-यस्तै मायामा डुबुल्की मार्दै थिईन । दु:ख-सुख जे भए नि सँगै जिउने । नमिठो भए नि म र उनी बिच एक-अर्काको साथ पाए, मिठो मानी खाने भन्दै थिईन । वास्तबमा भन्नु पर्दा हो, मायामा तडपीएर, छटपटिएर बाँच्नु कती नमिठो ! बाल्यवस्था देखी युवावस्था सम्मका साथी भाइ, आफन्तहरु सँग आफ्नो गाउँघर, लेकबेशी, मेला, कुवापानी, जंगल र पँधेरीमा गरेको मेरा रमाइला क्षण पुन: दोहोर्याउने छु । अहिले म यहाँ मेरो जन्मभूमि र मेरो कर्मथलो नेपाललाई अनी मेरो घर-परिवारको माया र सम्झनामा बैदेशिक जिवन बिताउदैछु । अब जे होस, निकै रात छिपीसकेछ । म सुत्छु । एक दिन म यहाँ बाट घर फर्कदा मेरो छोरो संयोग पनि बाबा... बाबा भन्दै अली वर बाटैमा मेरो हात समाउन आई पुग्छ होला । अनी, प्रथमत: म मेरो बुढी आमाको पाउमा दर्शन गर्नेछु । मलाई मेरी मुनाले अंगालो भरीको माया दिने छिन ।
blank space
(यो मेरो अन्य सन्दर्भमा यथावत भई पारिवारिक सन्दर्भमा वास्तबिकता नभई काल्पनिक भावना मात्र हो !) - अर्जुन दुङमेन्
No comments:
Post a Comment