सम्पूर्ण नेपाली पन, तन र मन तथा विश्वमा छरिएर रहनु भएका साहित्यनुरागी मित्रहरुमा आज "भ्यालेन्टाइन डे" को स-प्रेम शुभकामना सहित नमस्कार । मलाई लाग्छ, हरेक असफलताको पछाडि पिडा हुन्छ भेन, हरेक सफलताको पछाडि प्रेम । किनकी, आनन्द, खुशी र प्रेम नै सफलता हो । सफल जिबन हो । "जहाँ प्रेम छ त्यहाँ जीवनको शहिरुप छ"; जहाँ प्रेम त्यहाँ विश्वाश, जहाँ विश्वाश त्यहाँ शान्ति, त्यसैले "बिना प्रेमको जिन्दगी मरुभूमी तूल्य हुन्छ।" हुनत हरेक ब्यक्ति बिशेष आ-आफ्नो अभिब्यक्ति र बिचार गर्ने तरिका, बिश्लेशन शैली बिल्कुलै फरक-फरक हुन्छ । मैले सरसर्ती सामूहिक अर्थात ब्यतिगत ब्लगहरु; "भोजपुरे ब्लग", "दुम्माली ब्लग", "कलेजको कलम", कबि चाम्लिङजी को "साँगितिक चौतारी", च्याङ्बा जि को "च्याङ्बाको सानो संसार", शुभ किराती जि को "संगमको चौतारी", कैलाश जि को "कैलाशको कुटी", दीपक जडित जि को "मेरो साहित्य संसार र बिविध", बि.जे. बान्तावा जि को "म अनी मेरा पलहरु", मनु जि को "मगरमिगिन" लगायतका मित्रताका पंङ्तिहरु बिभिन्न लेख, रचना र साहित्यले ओत-पोत, सिङ्गार गरिएको पाएँ । अत्यान्तै खुशी लाग्यो । अनी यसै मित्रताका पंङ्तिमा मलाई पनि धेरै पहिले देखि हाते मालो गर्न कौतुहलता लगिरहेको थियो । तर, भनौ न समयले साथ दिई रहेको थिएन या परिस्थिती त्यस्तै थियो । तर आज यो साहित्यले ढकमक्क भोजपुरे ब्लगको "फलोअर" बनी यहाँहरुको माझ म अर्जुन दुङ्मेन आफ्नो ब्लग "बिचार, साहित्य र बिविध" लिएर साहित्यिक, व्याबहारिक, सम-समयिक, मानसिक, बैचारिक, सैद्दान्तिक हातेमालो गर्न उपस्तिथ हुने जमर्को गरेको छु । र, यो "बिचार, साहित्य र बिविध" को शुभारम्भ मात्र गरेको छु । यहाँहरुको अमूल्य सुझाब र सल्लाह को अपेक्षा राख्दै, यसलाई म आगामी दिनहरुमा यहाँहरुको सुझाब र सल्लाहलाई नै कदर गर्दै अपडेट गर्दै जानेछु । अन्तमा, सबैलाई सदा-सदा- खु:शी नै खु:शी, हाँसो नै हाँसो, उमंग नै उमंग, र सफलता नै सफलताले छाओस, आजको यो प्रेम दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना । ईमेल: arjun.bantawa@gamil.com arjunkrb_d6a@hotmail.com