Wednesday, October 9, 2013

मेरो म्यूजिक भिडियो गीति एल्बम 'जीवनयात्रा' गत २०७० भदौ २८ गते, शुक्रबार राजधानीमा सार्वजनिक भयो  । नेपाली वाङ्मय परिषद् द्वारा आयोजित कार्यक्रममा नेपाल सरकार बाल, महिला तथा समाज कल्याण मन्त्रालयका सचिब तथा वरिष्ठ कवि/गीतकार दिनेश अधिकारीले उक्त भिडियो एल्बम विमोचन गर्नु भएको हो । 'जीवनयात्रा' मा ७ वटा गीतहरू छन् । स्वरुपराज आचार्य, उदय/मनिला सोताङ, सुरेशकुमार, राजेशपायल राई, भीषण मुकारुङ, मनोज साङसोन, बिक्रम राई र अञ्जु पन्तको आवाज रहेको एल्बममा मनोज साङसोनको एकल सङ्गीत रहेको छ । निर्माता हर्क रिखाम रहेका एल्बमलाई रिचुअल रिदम प्रा.लि.ले बजारमा ल्याएको हो ।

बहुचर्चित सञ्चारकर्मी/रेडियोकर्मी तथा गीतकार नवराज लम्सालले गीत माथि टिप्पणी गर्नुभयो । दुङ्मेनका गीतहरूमा आफूले पाएको तीनवटा कुराहरू बताउदै भन्नुभयो- "पहिलो आफ्नो माटो र आफ्नै परिबेशसंगैको पकृतिप्रेम । दोस्रो असफल, प्रेमबिछोड र तेस्रो प्राप्तिका निम्ति आशा ।" यी तीन चिज गीतकार दुङ्मेनको गीत लेखनको बिशेषता र सकारात्मक पक्षरहेको औँल्याउनु भयो । बरिष्ठ सङ्गीतकार बुलु मुकारुङले 'जीवनयात्रा'को सङ्गीतहरू एकादुई पुरानै ढाँचामा रहेको होकी जस्तो लागेतापनि सङ्गीतमा प्रिथकतारहेको बताउनु भयो ।

तीनवटा भिडियोहरू नेपालमा छायाङ्कन गरिएकाछन् । भिडियोहरू मध्ये एउटा राजेशपायल राईको आवाज रहेको 'सिरसिरे बताससँगै' बोलको गीतको छायाङ्कन अमेरिकाको वाशिंङ्टन डि.सि.मा भएको छ । भिडियो हेर्दा आफूलाई अमेरिका पुगेको महसुश गराउने कलाकारहरू उज्ज्वल खड्का र सुजु गुरुङ रहेकाछन् । निर्देशक बिन्तीकुमार गुरुङले निर्देशन गरेको उक्त भिडियो आफ्नो एल्बममा समाबेश गर्न पाउँदा म अत्यन्तै हर्षित छु ।

1 comment:

Anonymous said...

Dearest Esteems,

We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

Contact Dr. James Eric Firm via
Email: fastloanoffer34@gmail.com
urgentloanoffer22.blogspot.com/
Whatsapp +918929509036
Best Regards,
Dr. James Eric.
Executive Investment
Consultant./Mediator/Facilitator